नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन भएको छ । संघको दोस्रो साधारण सभाबाट अध्यक्षमा श्याम महर्जन, उपाध्यक्ष सुवर्ण राज श्रेष्ठ, उपाध्यक्ष काजि रत्न महर्जन, उपाध्यक्ष ज्ञानेन्द्र महर्जन, उपाध्यक्ष विष्णु श्रेष्ठ, उपाध्यक्ष उसन बज्राचार्य, महासचिब विकाश महर्जन, सचिव अनिल सुवेदी र कोषाध्यक्ष कृष्ण सुवेदी चयन भएका हुन्।
कार्यक्रममा विगत लामो समय देखि राजनीतिक दलका प्रभावले यस खेलकुद क्षेत्रमा थुप्रौ समस्या, विकृति, व्यथिति बढेको र खेलाडीहरुको भविष्य अनिश्चिता र हतोत्साहित बनिरहेकोले सबै संघ र खेलकुद प्रेमि यस विरुद्ध एकजुट भई यस खेलकुद विकासमा लाग्नु पर्ने आवाज उठेको थियो। नेपाल बालकुमारी क्योकुशिन कराते संघले गत वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष पनि चौथो मेयर कप राष्ट्रिय फुलकन्ट्याक कराते प्रतियोगिता गर्न प्रतिबद्ध रहेको कार्यक्रममा जानकारी गराईएको छ।

नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष श्री शालिकराम कुँवरको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। संघका संस्थापक अध्यक्ष श्री सुरेन्द्र डंगोल तथा राष्ट्रिय खेलकुद परिषदका कानून शाखा प्रमुख श्री नारायण राज अर्याल पनि कार्यक्रममा उपस्थित थिए । साधारणसभा तथा निर्वाचनबाट २१ सदस्यीय निर्वाचित भएका छन्।
निर्वाचित सदस्यहरुमा;
१) सदस्य – नारायण अधिकारी
२) सदस्य – विश्व महर्जन
३) सदस्य – सुदर्शन खतिवडा
४) सदस्य – मोहन खड्का
५) सदस्य – नम्रता लामा
६) सदस्य – प्रबिन्द्र अवाले
७) सदस्य – अनिल राई
८) सदस्य – राजिव महर्जन
९) सदस्य – रुपेश जोशी
१०) सदस्य – सुरज बज्राचार्य
११) सदस्य – बिजय महर्जन
१२) सदस्य – विक्रम सिंह

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार