बलेफीले गर्यो तिज विशेष कार्यक्रममा “वर्तमान राजनीतिमा महिलाको भुमिका” शिर्षकमा गायन प्रतियोगिता

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाले हरितालिका तिजको अवसरमा “वर्तमान राजनीतिमा महिलाहरुको भुमिका” विषयक तिज विशेष गायन प्रतियोगिता” भव्य रुपमा सम्पन्न गरेको छ। बलेफी कभर्डहलमा सम्पन्न भएको कार्यक्रम उपाध्यक्ष सरु लामा तामाङको सभाअध्यक्षता, बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आतिथ्यता, बागमती प्रदेश माननीय अमृता नेपाल र पालिका अध्यक्ष गंगबहादुर तामाङको विशेष आतिथ्यता एवं विभिन्न पालिकाका उपप्रमुख उपाध्यक्षहरु, वडा अध्यक्षहरु, विभिन्न पार्टी प्रतिनिधिहरु र सयौंको संख्यामा स्थानीय दिदिबहिनी, आमाहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको हो।

बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारी

गायन प्रतियोगितामा ७ वटा समुहले भाग लिएका थिए। जस मध्ये प्रथम महिला जागृति समूह, दृतिय शान्ती समाज महिला समूह र तृतीय चिम्लिङ बेशी आमा समूहले हाँसिल गरेका छन्। बिजेताहरुले क्रमशः १० हजार, ८ हजार र ६ हजार नगद पुरस्कार जित्नुभएको छ।

प्रमुख अतिथि मन्त्री खड्काले महिलाहरु यो वा त्यो पार्टी नभनी इमानदार व्यक्तिलाई भोट दिने स्वभावको हुने बताईन्। महिलाहरुले आफ्नो घर परिवार मात्र सम्हान पोख्त नभै यदि देश चलाउनु परेपनि उत्कृष्ट किसिमले चलाउन सक्षम रहेको धारणा प्रस्तुत गर्नुभयो। त्यसैले पनि महिलाहरुलाई नेतृत्व दिएमा इमानदार पुर्वक चलाएर देशलाई समृद्ध बनाउनेमा ढुक्क रहेको बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष एवं बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङले अबको नारी चुलो चौका र घरव्यवहारमा मात्र सिमित हुन नहुने बताउनुभयो। अबको राजनीतिमा महिलाहरु अघि बढ्न जरुरी रहेकोले पछाडी नहट्न सबैमा सुझाव प्रस्तुत गर्नुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार