चर्चित कलाकारहरुको साथमा भोलि बाह्रबिसेले तिज साँस्कृतिक कार्यक्रम मनाउँदै

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले महिलाहरूको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।सोही अवसरमा भदौ ३० गते शनिवारका दिन बिहान ११ बजे हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु जितु नेपाल, शिव शंकर, बबिता बानियाँ, विजय बानियाँ, डिजराज पौडेल, प्रकाश ओझा र दिनेश भण्डारी लगायतले भरपुर मनोरञ्जन दिलाउने छन्।

बाह्रबिसे नगरपालिकाको कभर्डहल, खुर्सानीबारीमा तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा , विशेष अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र वन तथा वातावरण मन्त्री मसिना खड्काको आथित्यता रहनेछ । नगरपालिकाले सोही दिन आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा सम्पूर्ण महिला दिदी, बहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन समेत आग्रह गरेको छ ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार