गुम्बा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन तालिम सुरु

  जन्मभूमि संवाददाता

काठमाडौं
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा देशैभरका गुम्बाका लामागुरु‚ गुम्बा व्यवस्थापन समितिका पदाधिकारीलगायतलाई गुम्बा व्यवस्थापन सम्बन्धी तालिमको प्रारम्भ गरेको छ ।
काठमाडौं कुटी रिसोर्टमा आइतबार र सोमबार दुई दिनसम्म चल्ने तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले गुम्बा व्यवस्थापनलाई चुस्तदुरुस्त गराउनका लागि यो तालिम सहयोगी बन्न सक्ने बताए । उनले आआफ्ना गुम्बाका आन्तरिक व्यवस्थापन चुस्त बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने‚ ‘बौद्धमार्गीहरुको ज्ञानलाई जनमानसमा पुर्‍याउन सकियो भने त्यो व्यवहारिक हुनेछ । जसको लागि गुम्बाका ध्यान साधनालाई जनमानसमा फैलाउनुपर्छ ।’
कार्यक्रमको सभाध्यक्ष समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) रहेका थिए । उनले यस समितिले भनेजस्तो कार्य गर्न खोजे पनि सिमित स्रोत साधन हुँदा सोचेजस्तो काम गर्न नसकेको बताए । ‘गुम्बा व्यवस्थापन पक्षलाई चुस्त बनाउन गुम्बा दर्ता प्रक्रियाहरु अन्यौलतामा रहेको छ‚’ उनले‚‘यो एकद्वार प्रणालीमा लैजानुपर्छ । त्यसो हुँदा सबैलाई सहज हुनेछ । ’प्रशिक्षणमा देशभरका करिब ३५ गुम्बाका लामा गुरुहरूले प्रशिक्षण लिइरहेका छन् ।
प्रशिक्षणमा देशभरका करिब ३५ गुम्बाका लामा गुरुहरूले प्रशिक्षण लिइरहेका छन् । तालिममा पाँचथर‚ ताप्लेजुङ‚ लमजुङ‚ सर्लाही‚ सोलुखुम्बु‚ भोजपुर‚ खोटाङ‚ पाल्पा‚ काभ्रे‚ दोलखा‚ रामेछाप‚ तनहुँ लगायतका विभिन्न गुम्बाहरुबाट सहभागीहरु सहभागी छन् ।
तालिममा सहभागीहरुलाई गुम्बा व्यवस्थापनको विभिन्न पक्षमा व्यवहारिक प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं योजना अधिकृत सन्जु योङ्ग्याले जानकारी दिइन् । उनीहरुलाई
प्रशिक्षकहरुमा आचार्य सार्की शेर्पा, लेखा अधिकृत विनीता भण्डारी, समितिका कानुनी सल्लाहकार सन्जीव कुमार लामा र योजना अधिकृत सन्जु योङ्गया रहेका छन् ।
समितिमा देशभरका ३ हजार ६० गुम्बाहरू दर्ता भएका छन् । कार्यक्रम सञ्चालन कवि लक्ष्मी रुम्बाले गरेकी थिइन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार