अब तामाङ भाषा सिक्न “तामाङ ल्याङ्योइज एप” निर्माण हुँदै

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाली र अंग्रेजी माध्यमबाट तामाङ भाषा सिकाइका लागि ‘तामाङ ल्याङ्गोइज एप’ निर्माण कार्य ४० प्रतिशत सकिएको छ ।
विहिबार बौद्धस्थित बज्रबल क्याफेमा आयोजित एक कार्यक्रममाझ एप निर्माणका विविध पक्षबारे जानकारी दिँएका हुन् ।
एप निर्माण संयोजक नवराज लामाले यो एप एक वर्षभित्र सार्वजनिक गर्ने योजनाका साथ कार्य भइरहेको बताए । उनले भने‚‘एपमा तामाङ भाषा बोल्न आवश्यक पर्ने शब्द‚ वाक्यहरु‚ शब्द तथा यसको प्रयोग सम्झिन खेल र चित्र रहनेछ ।’
एप निर्माण अभियानलाई आवश्यक आर्थिक सहयोग जुटाउन अमेरिकाको मेरिल्याण्डमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिकाका दावा तामाङले गरेका छन् । उनको संयोजकमा आर्थिक जुटाउने कार्य भइरहेको छ ।
कार्यक्रममा भाषाशास्त्री अमृत योन्जन–तामाडले एपमार्फत् तामाङ भाषा सिकाइ कार्य १०० तामाङ मूल शब्द र ५०० शब्दावलीका आधारमा गरिने जानकारी दिँदै ‘तामाङ भाषा यन्त्र अनुवाद’ कार्यलाई पनि निरन्तरता दिने बताए ।
त्यसैगरी काठमाण्डु विश्वविद्यालयका आइटी विभागका विभागीय प्रमुख एवं लामो समयदेखि भाषाप्रविधि विकासमा संलग्न आइटीविज्ञ डा. बालकृष्ण बलले तामाङ भाषालाई बचाउनका लागि प्रविधिमा लानुपर्ने बताए ।
एप निर्माणका प्राविधिक पक्ष भाषाप्रविधि वैज्ञानिक डा. बालकृष्ण बलले समालेका छन् भने भाषा वैज्ञानिक पक्ष भाषावैज्ञानिक अमृत योन्जन तामाङले हेरेका छन् ।
एप निर्माण टोलीमा जापानको लागि पूर्व राजदूत डा. गणेश योञ्जन, मानवशास्त्रि डा. मुक्तसिंह लामा–तामाङ, राजनीतिक अर्थशास्त्र तथा अन्तर्राष्ट्रिय मामिलाको अनुसन्धानकर्ता नवराज लामा, मिडियाकर्मी कुमार यात्रु, थाङ्का कलाकार तथा उद्यमी कर्साङ लामा र पाँचपोखरी थाङ्पाल गाउँपालिका, वडा नं ३ का अध्यक्ष निमाछिरिङ तामाङ लगायतको प्रत्यक्षरुपमा संलग्न छन् ।
एपमा तामाङ शब्दकोष समेत रहनेछ र निकट भविष्यमा नै तामाङ भाषाको अनलाइन कक्षसमेत संचालन गरिनेछ । यो एप तामाङ भाषा सिक्न इच्छुक सबैलाई उपयोगी हुने जनाएको छ ।
कार्यक्रममा सञ्चारकर्मी कुमार यात्रु, व्यवसायीद्धय रेसम लामा र दावादोर्जे लामा, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ का अध्यक्ष निमाछिरिङ तामाङ, राक्सिराङ्ग गाउँपालिकाका उपप्रमुख बनस्तम थिङ लगायतको उपस्थिति रहेको थियो । साथै अमेरिकामा रहेका दावा तामाङ अनलाइनबाट सहभागि थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार