जातीय भेदभाव फैलाउने अधिवक्ता पाण्डे कानुनी फन्दामा, घेदुङले दिए जाहेरी

जातीय भेदभाव तथा छुवाछूत गरेको अभियोगमा अधिवक्ता पाण्डे विरुद्ध घेदुङले दियो जाहेरी

  प्रीतम कुमार तामाङ

काठमाडौं
एक टेलिभिजन कार्यक्रममा अधिवक्ता भगवती पाण्डे (सितल) ले तामाङ, मगर र मुस्लिम समुदाय प्रति दिईएको भेदभाव पुर्ण घृणा फैलाउने अभिव्यक्ति विरुद्ध आज जाहेरी दिएका छन्। नेपाल तामाङ घेदुङका अनुसार अधिवक्ता पाण्डेले जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६४ को दफा ४ को उपदफा १२ को कसुर, मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ (१), दफा (४३) विपरीत कसुर गरेको ठहर सहित जाहेरी दिएका छन्।

के भनेंकी थिइन् अधिवक्ता पाण्डेले ?
अधिवक्ता पाण्डेले मिति २०८० श्रावण ६ गते प्राइम टेलिभिजनबाट विहान ८-९ बजे प्रशारण हुने “चिया गफ” कार्यक्रममा अतिथिका रुपमा उपस्थित भै दिइएको अन्तर्वार्तामा “कुनै जातजातिमा कुनै समुदायमा दाजु बहिनी बिचमा विवाह भएको र तिनबाट बच्चा जन्मिएको तिनिहरु अलि कट्टरवादी एक लाइनको सोच्ने गरेपछि गर्छु गर्छु भन्ने खालको जिनको विकास हुने तर कुनै समुदाय जस्तै मुस्लिम, मगर कुनै कुनै तामाङहरुमा पनि दाजु बहिनी विवाह हुने रहेछ। जस्तै भैंसीमा बाख्रामा पनि यो चिज बारिन्छ…. नजिकको रिलेशनको पशुको पनि बार्नुपर्छ बृडिङको सम्बन्धमा भनें यता मानिसको सम्बन्धमा खुल्ला छोड्ने बित्तिकै अब यसले चाहिँ क्राइम सिर्जना गर्छ…” भनेंका छन्। जुन अभिव्यक्तिले सिंगो तामाङ समाज प्रति घृणा फैलाउने काम गरेको भनी उनी विरुद्ध मुद्दा दायर भएको हो।

उनको यस्तो विवादित अभिव्यक्ति पश्चात् तामाङ, मगर र मुस्लिम समुदायले चौतर्फी विरोध जनाइरहेका छन्। प्राइम टेलिभिजनले समेत उनको अन्तरवार्ता युट्युबबाट हटाइएको छ।
यस्तो छ जाहेरी ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार