बलेफीले थाल्यो बाँझो जग्गामा कफि र टिमुर खेती

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
वर्षौं देखि बाँझो बसेको बारीमा कफि र टिमुर खेती सुरुवात गरेको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र ग्रीनल्याण्ड बहुउद्देश्यीय सहकारी लिमिटेडको साझेदारीमा कफि र टिमुर खेती कार्यक्रम सञ्चालन गरेको हो। हाल १५ रोपनी जग्गा भाडामा लिई ९०० सय बोट कफि र २०० बोट टिमुर खेती सुरुवात गरिएको सहकारीका सचिब जितबहादुर तामाङले बताउनुभयो।

जग्गा तयारी गरेर बिरुवा रोप्ने सम्ममा करिव २ लाख लगानी गरिएको सचिब तामाङले जानकारी दिनुभयो। करिब १५ सय बढी सदस्य रहेको सहकारीले सामुहिक रुपमा खाली र बाँझो छोडेका खेतबारी खोजेर यसरी नै व्यावसायिक रुपमा खेती गर्दै जाने बताए।

गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले गाउँपालिकाले कृषि क्षेत्रमा उपलब्धिमुलक लगानी गरिरहेको बताउनुभयो। अध्यक्ष तामाङले भन्नुभयो, “गत वर्ष दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गरेको लगानी यो वर्ष लम्पी स्किन रोगले ठूलो असर पुर्याएकोले दुखित भएको छ। हामी जुन क्षेत्रमा सम्भावना छ भनेंर लगानी गर्छौं, कहिले कहिँ यस्तै विपतले हामीलाई चुनौती दिरहेको छ।” उनका अनुसार कृषि र पशु पालनमा पालिकाले संधै अघि बढ्न प्रेरित गर्ने धारणा राख्नुभयो।

जंगली बाँदेल, बाँदर र दुम्सीले खेतिपाती नस्ट गरेपछि बाँझो बसेको बारीमा यी जनावरहरुले क्षति नपुर्याउने बिरुवा रोप्ने अभियान  स्वरुप पालिकाले निति लिएको उपाध्यक्ष सरु लामा तामाङले बताउनुभयो। आर्थिक वर्ष २०८०/८१ मा “उपाध्यक्ष वृक्षरोपण कार्यक्रम” पारित भैसकेकोले यस्तै सहकारी संस्था, कृषक समुहहरुसंगको साझेदारमा उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने उनको धारणा छ। यस कार्यक्रमबाट “एक कृषक २० ओखर, एक कृषक ५० टिमुर” रोपण गरिने उनले बताइन् । यसबाट स्वदेशमै रोजगारीको सृजना हुनेछन् भनें बाँझो खेतबारीमा उत्पादन गर्न सकिनेछ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार