नेपाल ट्रेड युनियन काँग्रेस सि.पा. ले श्रमजीवीहरुको तलब न्युनतम २५ हजार हुनुपर्ने माग

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाल ट्रेड युनियन काँग्रेस सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयलाई ध्यानकार्षण पत्र बुझाएको छ । सरकारले वर्तमान समयको मुल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमजिविहरुको पारिश्रमिक न्यनतमा २५ हजार हुनुपर्ने भन्दै श्रम तथा रोजगार मन्त्रलयमको ध्यानकार्षण गर्न प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई नेपाल ट्रेड युनियन काँग्रेस पत्र बुझाएको हो ।

आकाशिदो महंगीको वर्तमान अवस्थामा सवै क्षेत्रका श्रमिकहलाई एकरुपता हुनेगरी न्यनतम पारिश्रमिक कायम हुनुपर्ने नेपाल ट्रेड युनियन काँग्रेसको अडान छ । श्रमिकको हक र हितका लागि सरोकार निकायसंग छलफल र संवादमा समेत अडान राख्दै आएको छ सिन्धुपाल्चोकका अध्यक्ष इश्वरी प्रसाद न्यौपानेले बताए ।

सरकारले श्रमिकहरुको न्यनतमा पारिश्रमिक रु २५ हजार निर्धार नगराए श्रमजिविहरुको हकहितका र अधिकारका लागि नेपाल ट्रेड युनियन सिन्धुपाल्चोक काँग्रेसले कडा भन्दा कडा कदम चाल्न बाध्य हुने सम्बन्धित निकाय र सवै पक्षमा जानकारी गराएको अध्यक्ष न्यौपानेले बताए ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले ध्यानकार्षण पत्र बुझ्दै ट्रेड युनियन काँग्रेस सिन्धुपाल्चोकले बुझाएको पत्र श्रम मन्त्रलयसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् । ध्यानकार्षण पत्र बुझाउन केन्द्रिय सदस्य प्रदीप आचार्य, उपध्यक्ष सुर्य बहादुर कार्की, कोषध्यक्ष रामचन्द्र लुइटेल, प्रदेश अध्यक्ष इश्वरीमान दोङ, काउन जिल्ला अध्यक्ष अर्जुन खनाल, उपमहासचिव गजेन्द्र पुडाशैनी, हिमालय बम र मधु भटराईको उपस्थित भएका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार