टन्सिलको उपचार गर्न हेल्पिङ ह्यान्डस् अस्पताल पुगेका २७ वर्षीय युवकको कसरी भयो निधन ?

  प्रीतम कुमार तामाङ

काठमाडौं
बौद्ध आरुबारीका वर्ष २७ को विश्व लामाको उपचारका क्रममा निधन भएको छ। सामान्य टन्सिलबाट बिरामी भै हिजो राती ९:५० बजे राती तिर चाबहिल स्थित हेल्पिङ ह्यान्डस् अस्पताल पुगेका उनको १०:४० बजे मृत्युु भएको उनका काका बिजय तामाङले बताउनुभयो।

मृतकका काकाले बताए अनुसार विश्व आरुबारी स्थित ह्वाइट हाउसमा रहेको क्याफेमा काम गर्दै आएका छन्। परिवारले जनाए अनुसार उनले हिजो दिउँसो तिर घाँटीमा अलिअलि दुखेको बताएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेकोमा राती स्वास्थ्यमा अलि गाह्रो भएपछि उनलाई काकी दिपा तामाङले ट्याक्सीमा राखेर अस्पताल पुर्याएको थियो।

त्यहाँ इमर्जेन्सीमा उनको खकार, रगत, पिसाबको नमुना लिएर ल्याबमा जचाँउन पठाएर केही रिपोर्ट आउन साथ डाक्टरको सल्लाहमा बेड नं. ४१५ भर्न गरेको काका विजय लामाले सुनाए। त्यसपछि अस्पतालमा काकीलाई कुरुवा छाडेर उनी आरुबारी घर तर्फ लागेको र ठिक घर पुग्नासाथ फोनमा उपचार भैरहेको “विश्वलाई डाक्टरले मार्यो, छिटो आउनु, छिटो आउनु” भन्दै काकी अर्थात (विजयकी श्रीमती) ले बताएपछि आत्तिदै आफू अस्पताल पुगेको जन्मभूमि पोष्ट संगको कुराकानीमा सुनाउनुभयो।

उनले भावुक बन्दै सुनाए,”म आत्तिदै त्यहाँ पुग्दा दुई जना सिस्टरहरुले छातीमा थिच्दै हावाको पोको भरेको बेलुन जस्तोले थिच्दै देखेँ। अनि मैले कसरी यस्तो भयो भनेंर सोध्दा मलाई केही पनि बोलेनन्, डाक्टर पनि त्यतिबेला त्यहाँ छैन रहेछ, मैले छिटो ICU मा लानु भनेंर त्यहाँ लगेसी हामीलाई हेर्नै दिएनन् र बिहानै दु:खद खबर अस्पतालले सुनायो। हामी छाँगाबाट खसे जस्तै भएँ, सामान्य आफैं हिंडेर अस्पताल आएको मान्छे कसरी यस्तो भयो? यो अस्पतालको लापरबाहीले भएको हो।”

उनका अनुसार उपचारमा खटिएका स्वास्थ्यकर्मिहरु माथी सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका छन्। तर अहिले सम्म अस्पताल प्रशासनले चित्त बुझ्दो जवाफ नदिएकोमा आफुहरु धैर्य गरेर बस्दा बस्दै अब चुप नबस्ने बताए। अस्पताल परिसरमा मृतकको आफन्तहरुको आक्रोशित भिड जम्मा भएका छन् भनें प्रहरी प्रशासनको उपस्थिति पनि बाक्लो रहेको छ। त्यस्तै मृतक र अस्पताल प्रशासन बिच वार्ताको लागि प्रयास समेत भैरहेको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार