प्रेस युनियन सिन्धुपाल्चोकले पायो किशोरको अध्यक्षतामा नयाँ नेतृत्व

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौं अधिवेशनबाट किशोर बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। मेलम्चीमा सम्पन्न अधिवेशनले बुढाथोकी अध्यक्ष, खुल्ला तर्फ उपाध्यक्षमा निरोज चौलागाईं, महिला उपाध्यक्षमा कमला पाख्रिन, सचिबमा अनिस तिवारी, सहसचिव शान्ति श्रेष्ठ, सहसचिव प्रितम तामाङ, कोषाध्यक्ष आदित्य दाहाल, सह कोषाध्यक्ष सरु श्रेष्ठ सहित सदस्यहरुमा भवनाथ आचार्य, अधिराजकुमार बस्नेत, नवीन काफ्ले, चण्डिका नेपाली, पुष्प सुनार, कौशिला नेपाली, फूलमान तामाङ र नेत्रबहादुर बस्नेत सर्वसम्मतले निर्वाचित भएका छन् ।

अधिवेशनको खुल्ला सत्रमा प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेसका सहमहामन्त्री एवं माननीय बद्री पाण्डे उपस्थित थियो भनें विषेश अतिथिमा विभिन्न पदिय जिम्मेवारीमा रहनुभएका नेताहरु उपस्थित थिए। कार्यक्रमलाई उपस्थित नेतागणहरुले शुभकामना मन्तव्यद्वारा सम्बोधन गर्नुभएको थियो। यसै अवसर पारेर पत्रकारीतामा विशेष योगदान पुर्याउनु भएका पत्रकारहरुलाई सम्मान समेत गरिएको छ। साथै, युनियनलाई सहयोग पुर्याउने विभिन्न संघ संस्थाका व्यक्तित्वहरुलाई कदर पत्रद्वारा कदर गरिएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार