सिन्धुपाल्चोकका हुलाक कर्मचारी आन्दोलित

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका सिन्धुपाल्चोकका कर्मचारीहरु आन्दोलित भएका छन् ।आर्थिक वर्ष २०८० र ०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । जेठ १५ गतेको बजेट भाषणमार्फत सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि सिन्धुपाल्चोकका अतिरिक्त हुलाक कार्यालयहरुमा कार्यरत १ सय २१ कर्माचारीहरु आन्दोलीत भएका हुन ।


जेठ १६ गतेदेखि नै अतिरिक्त हुलाक कार्यालयहरुले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरी हुलाक कार्यालयहरुमा कार्यरत कर्माचारीहरुले असार ४ गतेदेखिनै आन्दोलन सुरु गरेका हुन । उनीहरुले चारवटा माग राखेका छन् । अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर्ने, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी नखोस्ने, हुलाकको संरचना खारेज होइन यसको सेवाको पुनःसंरचना गर्ने र राजीनामा दिइ सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधि तथा सेवा सुविधा सुनिश्चित गर”लगायतको माग राख्दै विरोधर्याली गरेको जिल्ला अतिरिक्त हुलाक कर्मचारी एशोसियन समिति जिल्लाकार्य समिति सिन्धुपाल्चोकका अध्यक्ष दलबहादुर खड्काले बताए । मैले २०३५ सालदेखि हुलाकमा काम गरे,जुगल गाँउपालिका जस्तो विकट ठाँउको बस्तीमा चिठ्ठी लगेर जाँदाको दिनहरुपनि विताएर यात्रो वर्ष काम गरे तर सरकारले यतिधेरै लामो समयसम्म काम गरेको कदर गरेन हाम्रो गुम्बा अतिरिक्त हुलाक सेवा कार्यालय गुम्बाका नरध्वाज सिलवालले बताए । राज्यको कामलाई विकट नभनी जोखिम नभनी पुरा इमान्दारीताका साथ काम गरे तर अहिले आएर सरकारले खालीहात फार्कउन खोजेको उनले सुनाए । यस्तै नरबहादुर भण्डारी ठुलोपाखार अतिरिक्त हुलाक सेवामा काम गरेको ४८ बर्ष भयो । ३३ बर्षसम्म निकै कम तलबमा काम गरिरहदाँ पनि सरकारले अन्य कर्मचारीलाई अरु कार्यलयमा व्यवस्थापन गर्यो तर आफुहरुलाई पुर्ण व्यवस्था गरेको गुनासो गरे । अहिले आएर सरकारले कुनै विकल्प नदिई आफुहरुलाई हटाएपनि केही साहयताको प्रबान्ध मिलाएर हटाएपनि मञ्जुर भएको उनले बताए । हामीलाई काममा नराखेपनि यत्रो वर्षसम्म गरेको कामको मुल्याङन सरकारले गरिदिए हुन्छ भण्डारीले भने ।सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि हुलाकी कर्मचारी अलपत्र परेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार