राजनीति संगै कलाकारितामा चर्चित प्रजातान्त्रिक योद्धा बिकास लामा रहेनन् !

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाली काँग्रेसका निवर्तमान सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामाको दु:खद निधन भएको छ। ६३ वर्षीय लामाको उपचारको क्रममा वीर अस्पतालमा शुक्रबार राती निधन भएको हो। विगत देखि नै उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।

लामाको राजनीतिक यात्रा;
वि.सं. २०१६ साल असोज २१ गते इन्द्रावती गाउँपालिका ९ भोटसिपा जन्मिएका लामाको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट शुरु भएको थियो। नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशनमा लामा सभापतिमा निर्वाचित भएका हुन्। २०७० सालको प्रतिनिधि सभाको निर्वाचन सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट कांग्रेसबाट उम्मेदवार बनेका उनी १४ औं महाधिवेशनमा केन्द्रिय सह महामन्त्रीका उम्मेदवार समेत हुन्। साथै गत स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिकाबाट अध्यक्षका प्रत्यासी समेत थिए।

लामाको कलाकारिता यात्रा;
नेपाली आधुनिक गीत ‘स्वर्ग कि परी’ बाट गायन क्षेत्रमा डेब्यु गरेका लामा कलाकारितामा सोनाम लामाका नामले चर्चित थिए। ‘होइ साइली, माइली, ह्याङ निला, चु दु:ख डान्सी खाईरी ब्याङनिला’ र ‘आपाम बोर्जी, दैवसे’ जस्ता उनले गाएका गीत तामाङ समुदायमा अझै चर्चित छ। २०३७ सालमा रेडियो नेपालबाट आधुनिक गीतको स्वर परीक्षा उतीर्ण गरी नेपाली गीतसंगीत यात्रा थालेका उनले १५८ वटा गीत गाएका छन्। लामाले तामाङ फिल्म ‘डाङ’ पनि निर्माण गरेका छन्।

लामाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार