झिर्पु मा.वि.को ६३ औं जन्मोत्सव सम्पन्न, वि.व्य.स.अध्यक्षद्वारा १ लाखको छात्रवृत्ति कोष खडा

सम्माननीय सभामुखद्वारा झिर्पु एक्सप्रेस मासिक पत्रीकाको विमोचन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
भोटेकोसी ४ स्थित नमुना विद्यालय झिर्पु माध्यमिक विद्यालयको ६३ औं जन्मोत्सव भव्यताका साथ सुसम्पन्न भएको छ। वि.व्य.स. अध्यक्ष आङछिरी शेर्पाको सभापतित्व तथा सम्माननीय सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सो सम्मेलन भएको हो। सभामुख घिमिरेद्वारा सम्मेलन उद्घाटन संगै विद्यालयको महिनाभरीको गतिविधि, विद्यार्थीहरुको कला, रचनाहरुलाई समेटेर प्रकाशित गर्ने झिर्पु एक्सप्रेस मासिक पत्रीकाको विमोचन समेत गर्नुभएको छ।


यसै अवसर पारेर वि.व्य.स. अध्यक्ष आङछिरी शेर्पाद्वारा विद्यालयमा अध्ययन गर्ने विपन्न, अनाथ बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था गर्न व्यक्तिगत रुपमा रु. १ लाखको छात्रवृत्ति कोषको सुरुवात गरेको छ। सो कोषमा इच्छुक हरेक व्यक्तित्वहरुले सकेको सहयोग गर्न समेत उहाँले अपिल गर्नुभयो।


जिल्लाको महत्वपूर्ण चिन संगको नाका तातोपानी संग जोडिएको भोटेकोसी गाउँपालिका वडा नं. ४ मा अवस्थित यस विद्यालयमा शैक्षिकसत्र २०८० देखि कक्षा ९ देखि १२ सम्म चिनियाँ भाषाको पठनपाठन सुरुवात भैसकेको छ। सो कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनुभएका चिनियाँ राजदुतावासका काउन्सुलर मिस्टर छि वाङले झिर्पु मा.वि. मा चिनियाँ भाषाको सुरुवात गरेको विषयले अत्यन्तै हर्षित भएको जनाए। उनले यस विद्यालय संग भाषा र संस्कृति आदानप्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ। उनका अनुसार यस विद्यालयमा चिनियाँ भाषाको सुरुवातले गर्दा चिन र नेपालको मित्रता समेत बढेको धारणा राख्नुभयो। भावी दिनमा यस विद्यालयमा अध्ययन गरेर चिन पढ्न चहाने विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्ने उनले जनाए।

वार्षिकोत्सबको अवसरमा डा. इवामुरा अस्पतालका चिकित्सक टोलिले स्थानीयहरुको स्वास्थ्य चेकजाँच पनि गरेको छ। स्वास्थ्य शिविरबाट सयौंले सेवा लिन पाएका छन्। विद्यालयको जन्मोत्सव सम्मेलनमा यसरी मानव सेवाको कार्य विद्यालय परिवारले गर्दा यसबाट लाभान्वितहरु निकै हर्षित देखिएका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार