यहि बैशाख २२ गते कर्मडुग्युलिङ गुम्बा धुस्कोटमा बुद्ध जयन्ती भव्य रुपमा मनाउने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाको वडा नं. ३ धुस्कोट स्थित कर्मडुप्ग्युलिङ गुम्बामा यहि बैशाख २२ गते शुक्रबार बुद्ध जयन्ती भव्य पुजाआजा गर्दै मनाउने भएको छ। गुम्ब व्यवस्थापन समितिका सदस्यहरु उक्त कार्यक्रमका लागि हप्तौं देखि तयारीमा जुट्दै आएको छ। आयोजक गुम्बा समितिले सबैमा यस भव्य अवसरमा बुद्धको दर्शन अनि मोलम पाठ गर्न सबैमा उपस्थितिका लागि हार्दिक निम्तो गरेका छन्।

वर्षेणी यस दिन भगवान बुद्धको माने, मोलम पाठ गर्दै मनाउँदै आएको छ। यस गुम्बामा केही वर्षदेखि करिब ४० जना स्थानीयहरु सहितको माने समुह पनि स्थापन भैसकेको छ। साथै दर्जन जति लामा पढ्ने बुद्ध अनुयायीहरु पनि यस गुम्बामा शिक्षा लिँदै आएका छन्।

आनन्द संघ र फुलाहरी गुम्बा काठमाडौको आर्थिक सहयोगमा निर्माण भएको गुम्बाको पहलमा २०७२ सालको भुकम्पका बेला यस भेगका दर्जनौं गाउँमा विभिन्न सहयोग गरेका थिए। हाल यो गुम्बा निर्माण भैसकेको छ भनें यसका वरिपरिका ग्राउन्ड भनें बनाउन बाँकी रहेका छन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार