निर्वाचन आयोगको केहि चलेन, अन्ततः चुनावी खर्च नबुझाउने उम्मेदवारहरुको जरिवाना मिनाहा

  प्रीतम कुमार तामाङ

काठमाडौं
गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई जरिवाना सहित कारबाही गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो । चुनाव सजिएको १ महिना भित्र आयोगले तोकिएको ढाँचामा खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६२४ जनालाई आयोगले खर्च सीमाका आधारमा जरिवाना तोकको थियो ।

त्यस्तै आयोगले गत भदौ ३१ गते ६ महिनाभित्र जरिवाना बुझाउन र नबुझाएको अवस्थामा निर्वाचित जनप्रतिनिधिहरुको समेत पदमुक्त हुने र ६ वर्षसम्म कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्ध सर्बोच्चले अन्तरिम आदेश जारी गरेको थियो भनें सरकारले जरिवाना माफी मिनाह गर्न राष्ट्रपति समक्ष सिफारिस गरे बमोजिम मिनाहा भएको विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा नेपालको संविधान धारा २७६ बमोजिम जरिवाना मिनाहा गरिएको उल्लेख गरेका छन् ।

अन्ततः स्वयत्त अधिकार प्राप्त भनिएको निर्वाचन आयोगले गरेका विभिन्न निर्णयहरु स्वत बदर भएको छ । यसले निर्वाचन आयोगले गरिएका निर्णयहरु सिर्फ प्रोपोगन्डाका रुपमा मात्रै प्रचार भएको मान्न सकिन्छ । किनकी आयोगलाई आफ्नो अधिकार प्रयोग गर्न नदिँदा अबका दिनमा हुने निर्वाचनहरुमा समेत सम्बन्धित पक्षहरुले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन उल्लंघन गर्न सकिन्न भन्ने अवस्था रहेन ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार