मेलम्चीका मेयर आइतमान तामाङ झाँक्रीको भेषमा !

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफू परम्परा, संस्कृति, मुल्य मान्यता अनुसार झाँक्री रहेको बताउनुभएको छ । मेयर तामाङले माघी संक्रान्तीको अवसरमा वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा सम्पन्न मेलामा झाँक्री कला झाँकी प्रस्तुत गर्नुभएको छ ।

मेयर तामाङले यस अवसरमा भन्नू भयो, “नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ-आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्न अआफ्नो तर्फबाट जोड दिनुपर्छ । नेपाल अनेक जाति र तिनका भाषा, वेश र परम्परा भएको राष्ट्र हो । ती सबैका साझा विशेषता सँगै बाँचौँ र हाँसौँ भन्ने हो ।” मेयर तामाङले भन्नुभयो-” विविधता बिचको एकता नेपाली संस्कृतिको मूल विशेषता भएकोले नेपाली संस्कृति लोप हुनबाट जोगान सबै सजग र सचेत रहदै संरक्षण गर्नुपर्छ ।”

उहाँले नेपाली संस्कृतिको जग शिष्ट, सभ्य र सुसंस्कृत आचरण तथा परम्परामा आधारित भएकोले पुस्तान्तरण सँगै अनुकरण गर्न आग्रह गर्नुभयो । मेयर तामाङले केही हप्ता अघि मात्रै पनि मेलम्चीको गुफाडाँडामा झाँक्रीको पुर्ण कद सहितको मुर्ति प्रतिस्थापन गर्दै उद्घाटन गर्नुभएको थियो ।

माघी पर्वको अवसरमा बर्षैपिच्छे यो मन्दिरमा मेला लाग्ने गर्दछ । मेला भर्न मन्दिरबाट छिमेकमा पर्ने इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका भक्तजनहरुको समेत भिड लाग्ने गर्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार