काठमाडौं
कास्कीको पोखरामा आज भएको जहाज दुर्घटनाको दु:ख व्यक्त गर्दै भोलि २ गते देशैभर शोक विदा तथा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्री परिषदले निर्णय गरेको छ । अत्यावश्यक सेवा बाहेकका सबै सेवा दिने संघ संस्था बन्द गराउन समेत सूचना जारी गरेको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेखित छ ।
यति यअरको ATR 72 विमान आइतबार पोखरा महानगरपालिका – १५ स्थित सेती नदि खोचमा दुर्घटनामा परेको थियो । बिहान १०:३० बजे काठमाडौंबाट पोखराको लागि उडेको विमान ११ बजे तिर दुर्घटनामा परेको हो ।
विमानमा ६८ यात्रु सहित ४ जना चालकदलका सदस्य सवार थिए ।
शोक विदा सम्बन्धि सूचना :