वडा अध्यक्ष सुर्जे तामाङले संचालन गर्दै आएको फर्ममा आगालागी, १ बालकको मृत्यु, लाखौंको क्षति

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुर्जे तामाङ (जागरण) ले संचालन गर्दै आएको लप्से युवा जागरण कृषि तथा पशुपंक्षी फर्ममा आगालागी भएको छ । घटनामा परि  सोही वडाका राजु कार्कीका छोरा ३ वर्षिय बालक निर्जल कार्कीको मृत्यु भएको खबर प्राप्त भएको छ । मृतक कार्कीको अभिभावक फर्ममा काम गर्दै आएका छन् ।

करिब ८ बजे भएको आगालागीले लाखौंको क्षती भएको छ । दर्जनौं बाख्रा र बंगुर पाल्दै आएको फर्ममा दाना स्टोर हाउसमा घटना भएको हो ।

घटनाका बारेमा बिस्तृत बुझ्न इलाका प्रहरी जलबिरे र प्रहरी चौकी बलेफी घटना स्थल पुगेको छ । थप जानकारी पछि आउने जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार