जनजाति महिला महासंघको विवाद चुलियो, ८ करोड बढी छानबिन गर्न समिति गठन

महासंघको २७ सदस्य संगठनद्वारा समानान्तर कमिटी गठन

  जन्मभूमि संवाददाता

काठमाडौं
जनजाति महिला महासंघको विवाद चुलिएको छ । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै समानान्तर कमिटी नै गठन गरि सार्वजनिक गरेका छन् । महासंघमा विभिन्न ४८ जातिय संगठन सदस्य छन् । असन्तुष्ट पक्षका अनुसार विवाद चुलिनुको मुख्य कारण गत मंसिर २९ गते सम्पन्न ८ औं महाधिवेशन अवैधानिक भएको बताएका छन् । अवैधानिक यसकारण हो कि, चिनिमाया माझीको अध्यक्षतामा बनेको कमिटी आफू अनुकुल सदस्य संगठनलाई मात्र बन्द सत्रमा राखी बनाएको आरोप उनीहरुको छ ।

गएको महाधिवेशनमा संस्था नवीकरण नभएको भन्दै २७ सदस्य संगठनलाई बन्द सत्रमा सहभागी हुनबाट रोकेका थिए । असन्तुष्ट पक्षले सहयात्री संगठनहरूलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित गराउन खोजिनु अन्याय र आदिवासीको मौलिक अभ्यासविपरीतको कार्य भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

आजै सार्वजनिक गरेको समानान्तर कमिटीमा जुनिता राईको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष पुष्पा बुढाथोकी, उपाध्यक्ष (हिमाल) रीना थकाली, उपाध्यक्ष (पहाड) विना नगरकोटी पहरी, उपाध्यक्ष (तराई) माया चौधरी, महासचिव विनिता आले मगर, अनुसन्धान तथा सन्चार सचिव सुजा राई, विदेश तथा परियोजना सचिव वसुन्धारा घर्ती भुजेल, जनसम्पर्क सचिव नानू थामी, भाषा तथा संस्कृति सचिव नरमाया दुरा र कोषाध्यक्ष मायालु तामाङ चुनिएको छ ।

त्यस्तै विनिता आले मगरको संयोजकत्वमा सातौं महाधिवेशन देखि ८ औं महाधिवेशन बिचमा दातृ निकायबाट प्राप्त करिब ८ करोड बढि रकम हिनामिना भएको ठहर गर्दै छानबिन समिति समेत गठन गरिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार