पुर्व मन्त्री बस्नेतको कार्यशैलीबाट प्रभावित भएर काँग्रेस प्रवेश भएँ – नेत्री यस्मिना ढुंगाना

  जन्मभूमि संवाददाता

काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य नेत्री यस्मिन ढुंगाना र २०७४ को सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रत्यासी उम्मेदवार चन्द्र दत्ता खतिवडा सहित एक सय बढी नेताकार्यकर्ताहरु राप्रपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश भएका छन् । नेपाली काँग्रेस खेलकुद विभागमा आयोजित उक्त कार्यक्रममा नव प्रवेशीहरुलाई पुर्व गृह मन्त्री बिमलेन्द्र निधी, पुर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति आइतामान तामाङले भव्य स्वागत गर्नुभएको छ । नेत्री ढुंगानाले आफुलाई पुर्व मन्त्री बस्नेतले गरेको सामाजिकसेवा भावको कार्यशैली प्रति प्रभावित भएर काँग्रेस प्रवेश भएको बताईन् । उनले थप्दै भन्नू भयो,”राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ नेतृत्वहरुको कार्यशैली चित्त नबुझ्दो हुँदै गएकोले पार्टी त्याग्नु परेको जनाए । त्यस्तै उहाँले राष्टवादी सिद्धान्त बोकेको पार्टी भनेंर अहिले सम्म पुरानो पार्टीमा रहेतापनि गलत सावित भएको बताईन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि काँग्रेस प्रवेश

त्यस्तै नेता खतिवडाले पनि राप्रपाले गर्दै आएको गलत कार्यशैलीले गर्दा नै पार्टी त्यागेको जनाउँदै काँग्रेस प्रवेश भएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा पुर्व गृहमन्त्री निधिले नेता पुर्व मन्त्री बस्नेत डाइनमिक, इनर्जेटिक भएकोले र उनको कार्यशैली प्रति आफू प्रभावित रहेको बताउनुभयो । साथै उहाँले नव प्रवेशीहरुलाई स्वागत गर्दै मंसिर ४ को निर्वाचनको महत्वबारे प्रस्ट्याउनु भयो ।

चुनावी प्रचारप्रसारमा व्यस्त नेता बस्नेतले चुनाव नजिकिँदै गर्दा राप्रपाका सयौं नेताकार्यकर्ताहरुको प्रवेशले आफू थप उत्साहित भएको बताउनुभयो । उहाँले आफू घरदैलो गर्दै गर्दा ७ वर्षको बालक देखि ९८ वर्षको वृद्ध वृद्दाहरु स्वागतमा देखिँदा आफुमा थप उत्साह र उमंग प्राप्त भएको जनाए ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा अत्यन्तै बलियो मानिने पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य बस्नेत अहिले सिन्धुपाल्चोक क्षेत्र २ मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ । अहिले उहाँ उठेको क्षेत्र नं. २ मा राप्रपाको मत यस अघि राम्रो रहेतापनी बस्नेत त्यहाँ उम्मेदवार भएपछि धेरै काँग्रेस प्रति आकर्षित भएको देखिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार