जलबिरे युवा क्लबको भलिबल फाइनल र सांस्कृतिक कार्यक्रम लक्ष्मिपुजाका दिन हुने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं. १ स्थित जलबिरे बजारमा अहिले भलिबलको रौनक छाइरहेको छ । स्थानीय जलबिरे युवा क्लबद्वारा यहि कार्तिक ४ गते उद्घाटन गरिएको खुल्ला सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताका विभिन्न खेलहरु अहिले धमाधम भैरहेको छ । १४ टिमको सहभागिता रहेको उक्त खेलका लागि ३ दिनको समय अपुग हुने देखिएको आयोजक जनाएका छन् ।

आयोजक क्लबका अनुसार कार्तिक ६ गते भलिबलको फाइनल र बृहत् सांस्कृतिक कार्यक्रम हुने तय भएतापनि समय अपुग भएकै कारण कार्यक्रमलाई १ दिन सारेर कार्तिक ७ लक्ष्मीपुजाका दिन गरिने भएको छ । उक्त दिन भाग्यशाली चिठ्ठा समेत खोलिनेछन् । आयोजकका अनुसार यसै समाचारलाई सूचना स्वरुप मानी सबैमा जानकारी गराईएको छ ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाली काङ्ग्रेसका युवा नेता बलेफी गाउँपालिका प्रत्यासी सुवास तिमल्सिना उपस्थित हुनेछन् । साथै सांस्कृतिक कार्यक्रमलाई भव्य बनाउन ख्यती प्राप्त कलाकारहरु रेशम थापा मगर, उमा श्रेष्ठ, जेबि जिम्बा, प्रीतम गोले तामाङको साथमा बेलि डान्सर बिनु शाक्य र थुप्रै स्थानीय हाँस्य कलाकारको प्रस्तुति रहनेछन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार