ऐतिहासिक बजार बलेफीमा ९ गते नृत्य प्रतियोगिता तथा दिपावली सांस्कृतिक साँझ

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी बजार जिल्लाकै एक महत्वपूर्ण ऐतिहासिक बजार हो । यहाँ वर्षेणी हिन्दुहरुको महान चाड दिपावलीका बेला विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । यसै सिलसिलामा यो वर्ष पनि यहि कार्तिक ९ गते गोवर्धन पुजाका दिन छैटौं दिपावली सांस्कृतिक साँझ हुने भएको छ ।

नव प्रतिभा युवा क्लबद्वारा आयोजना हुने यस कार्यक्रममा मुख्य आकर्षणका रुपमा ख्यती प्राप्त कलाकारहरु चेतन सापकोटा, डान्सर बिनु शाक्य, प्रीतम तामाङ, ब्लुसोम कार्की र मनिशा श्रेष्ठ लगायत स्थानीय प्रस्तुतिहरु हेर्न पाइने आयोजकले जनाए ।

साथै कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता समेत हुनेछन् । प्रतियोगिताका लागि दर्ता शुल्क रु. ५ सय राखिएको छ । पुरस्कार स्वरुप क्रमशः प्रथमले २५, दृतियले १५ र तृतीयले ५ हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल पाउनेछन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार