काठमाडौं
शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा भोलि १ दिन सार्वजनिक छुट्टी सहित शोक मनाउने सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार जोशीको निधनको शोकमा राज्यभरका सम्पुर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्थान, विदेशिक कुटनैतिक नियोगमा मंगलबार विदा दिने र राष्ट्रिय झण्डा झुकाउन निर्देशन जारी गरिएको छ ।
जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर अध्ययनका लागि सुरक्षित राखिने समेत जनाएका छन् ।