“नेपाली काँग्रेस गठबन्धनलाई इमानदारी पुर्वक पालना गर्ने पार्टी हो” नेता बस्नेत

हिजोको दिनमा एमाले र राप्रपा संग गरेको गठबन्धनमा उहाँहरु त्यति इमानदार भएन ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
आइतबार जिल्लाको चौतारा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्ता गर्दै पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले काँग्रेस संधैभरी गठबन्धनलाई इमानदारी पुर्वक पालना गर्ने पार्टी रहेको बनाउनुभयो । उहाँले विगतमा काँग्रेसले राप्रपा, एमाले संग गरेको गठबन्धनको क्षणलाई स्मरण गराउँदै ती गठबन्धनमा काँग्रेस संधै इमानदार भएर साथ दिएको प्रमाण सबै सामु छर्लङ्ग रहेको जनाएका हुन् ।

नेता बस्नेतले पत्रकारहरु संग कुराकानी गर्ने क्रममा भन्नुभयो, “काँग्रेस गठबन्धनका लागि टेस्टेड पार्टी हो, पहिले जिल्ला बिकास समिति गठन गर्दा एमाले संग गठबन्धन गरेको हो, त्यसमा हामीले इमानदार भएर सहयोग गरेकै थियो । दोस्रो राप्रपा संग एक भएर गयौं, त्यहाँ पनि हामीले सहयोग गरेको थियो । यो दुई गठबन्धनमा एमाले होस् या राप्रपा त्यस्तो इमानदार देखिएन । अब माओवादी संग गठबन्धन गर्दै छौं, हेरौं उहाँहरु कत्तिको इमानदार हुन्छ ।” बस्नेतले अस्ति मात्रै सम्पन्न जिल्ला समन्वय समितिको गठनलाई लिएर थप्नुभयो, “त्यतिबेलाको माओवादी एमाले गठबन्धन इमानदार नदेखिएको तर काँग्रेस एकीकृत समाजवादी गठबन्धन इमानदार भएर लागेको ताजा परिणाम छ ।” त्यसैले सबै इमानदार भएर लागे सबैलाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फका उम्मेदवारहरु

गठबन्धन पक्षका नेपाली काँग्रेस र माओवादी केन्द्रले दिउँसो ३ बजे पछि मनोनयन दर्ता गराएका थिए । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ मा गठबन्धनबाट माओवादी केन्द्रका सुबोध सापकोटा, प्रदेश सभा क” मा नेपाली काँग्रेसकि नेत्री मनकुमारी खड्का (मसिना), ख” मा सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. २ तर्फका उम्मेदवारहरु

त्यस्तै, क्षेत्र नं. २ तर्फ प्रतिनिधि सभामा नेपाली काँग्रेसका नेता पुर्व मन्त्री मोहनबहादुर बस्नेत, क” प्रदेशमा माओवादी केन्द्रका युवा नेता पुर्व प्रदेश मन्त्री युवराज दुलाल, ख” प्रदेशमा युवा नेता कृष्ण बहादुर तामाङ (समीर) ले उम्मेदवारी दर्ता गराएका छन् ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार