सिन्धुपाल्चोकमा गठबन्धनको सन्दर्भमा गलत निर्णय लिए ठूलो दुर्घटना – पुर्व मन्त्री बस्नेत

करोडौं करोड जनता काँग्रेसको रुख चिन्हमा भोट हाल्न पर्खिरहेको छ - नेता मोहनबहादुर बस्नेत

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, चौतारा
१०९ औं वी.पी. कोइराला जयन्तीको अवसर पारी आज चौतारामा “जनताको साथमा काँग्रेस” अभियानको पहिलो चरणको कार्यक्रम समापन भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व सूचना तथा संचार मन्त्री एवं प्रभावशाली केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, विशेष अतिथिका रुपमा केन्द्रिय सदस्य एवं अभियानका केन्द्रिय प्रतिनिधि बहादुर लामा उपस्थित हुनुभएको थियो । कार्यक्रमका अध्यक्षता जिल्ला सभापति जंग बहादुर लामाले गर्नु भएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेता मोहनबहादुर बस्नेतले करोडौं करोड नेपाली जनता मंसिर ४ गते हुने आम चुनावका दिन नेपाली काँग्रेसलाई भोट हाल्न आतुर रहेको जनाए । संकटमा परेको बेला देशलाई उचित निकासा दिने, देश डुब्नै लाग्दा जोगाउने काम काँग्रेस नेतृत्वले बहेक अरुले गर्न नसकिने प्रमाणित भैसकेको उहाँको भनाइ थियो । त्यसैले पनि देशभरका जनता नेपाली काँग्रेसको पक्षमा रहेको बस्नेतको भनाइ छ । स्थानीय चुनावमा समेत जिल्लामा कुनै गठबन्धन बिना १०३ वडा मध्ये ५३ वडा जितिसकेको उदाहरण दिँदै यदि केन्द्र र प्रदेशको चुनावमा केन्द्रिय नेतृत्वले सिन्धुपाल्चोकको सन्दर्भमा गलत निर्णय लिए ठूलो दुर्घटना निम्तिने उहाँले बताउनुभयो ।

नेता बस्नेतका अनुसार कहाँ कसको जनमत कति भन्ने सम्म आकलन गर्न चुके सबैलाई घाटा हुने र अर्को पक्षले यसको फाइदा लिन पर्खेर बसिरहेको जनाए ।

पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले नेपाली काँग्रेस ५ लिटरको भाँडा हो, भनें माओवादी १ लिटरको भाँडा भएको अभिव्यक्ति दिनुभएको छ ।

साथै सोही क्रममा पुर्व मन्त्री बस्नेतले आगामी चुनावमा हुनसक्ने गठबन्धनका बारेमा उदाहरण दिँदै जिल्लामा काँग्रेस ५ लिटरको भाँडो हो भनें माओवादी १ लिटरको भाँडो भएको बताउनुभयो । गत स्थानीय निर्वाचनको जनमतलाई आधार मान्दै प्राप्त भएको मतपरिणामलाई इंगित गर्दै उनले यस्तो धारणा राख्नुभएको छ । “१ लोटरको भाँडाको पानी ५ लिटरको भाँडामा मज्जाले अटिन्छ, तर ५ लिटरको भाँडाको पानी कदापि १ लिटरको सानो भाँडामा अटिदैन, त्यसैले सिन्धुपाल्चोकमा सुझबुझका साथ गठबन्धन हुन जरुरी छ” नेता बस्नेतले भन्नुभयो ।

केन्द्रिय प्रतिनिधि एवं केन्द्रिय सदस्य लामाले सिन्धुपाल्चोकको वास्तविक गतिविधि जस्ताको त्यस्तै प्रतिवेदन आफुले केन्द्रमा बुझाउने बताउनुभयो । लामाले आफू संधै बलियो काँग्रेस र सक्षम काँग्रेस भएको चहाने भएकोले सिन्धु काँग्रेस भित्र रहेको सानोतिनो मनमुटाव, वैमनस्यतालाई कम गराउन अभियान अवधिभर सकेको सरसल्लाह, सुझाव दिन पछि नपरेको र भावी दिनमा पनि संधै साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार