अरनिको यातायात प्रा.लि. को अध्यक्षमा केदार क्षेत्री अत्याधिक बहुमतका साथ बिजयी

१० वर्ष पश्चात् उनी पुनः अरनिको यातायातको अध्यक्षमा निर्वाचित भएका हुन् ।

  प्रीतम कुमार तामाङ

काभ्रे
हिजो सम्पन्न पुर्व अरनिको यातायात प्रा.लि. को सम्पन्न निर्वाचनबाट युवा नेता केदार क्षेत्री अत्याधिक बहुमतका साथ अध्यक्ष पदमा बिजयी भएका छन् । उनी १० वर्ष अघि पनि अध्यक्ष भै काम गरेका यातायात व्यवसायी हुन् । १० वर्ष पछि पुनः नेतृत्वमा उनैलाई व्यवसायीहरुले साथ दिएका छन् ।

क्षेत्रीले २९७ मत ल्याई बिजयी भएका हुन् । उनको प्रतिद्वन्द्वीहरु उद्दव गौतमले १२६ र निर्पध्वज महतले ११८ मत प्राप्त गरेका छन् । ५ सय ८३ सदस्य रहेको यातायात प्रा.लि. को अबको कार्यकालमा उनले बसपार्क नभै समस्या भोगिरहेकोले यसको समाधान गर्ने प्रतिबद्धता उनले जनाएका थिए । त्यस्तै यस भित्र व्यवसायीहरुको थुप्रै समस्या रहेकोले समाधान गर्ने पनि उनले बताएका थिए ।

क्षेत्री सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् । उनी नेपाली काँग्रेसका प्रभावशाली युवा नेता समेत हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार