जुगल ६ मा जुवातास खेलाउनेलाई ५० हजार, खेल्नेलाई ३० हजार जरिवाना गर्ने – वडा अध्यक्ष टंक तामाङ

आमा समुहले आवश्यक प्रमाण सहित निवेदन हालेमा छानबिन गरि कारबाही गरिने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल गाउँपालिकाको वडा नं. ६ का अध्यक्ष टंक तामाङको टिमले आफ्नो वडा भित्र जुवातास खेलाउन निरुत्साहित गर्ने निर्णय गरेको छ । जसका लागि वडाले जुवातास खेलाउनेलाई पहिलो पल्टका लागि ५० हजार, दोस्रो पल्ट पनि खेलाएमा ६० हजार र तेस्रोपटक खेलाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने निर्णय गरिएको सूचना जारी गरेका छन् ।

त्यस्तै गरि जुवातास खेल्नेलाई पनि जरिवाना तोकिएको छ । खेल्नेलाई क्रमश ३० हजार, ४० हजार र प्रचलित कानुन अनुसार जरिवाना गरिने जनाएको छ । साथै जाँडरक्सी खाएर होहल्ला गर्नेलाई क्रमशः १ हजारदेखि १० हजार सम्म र नटेरेमा प्रचलित कानुन अनुसार तथा क्यारिम बोर्ड, पोट गेम बाजि खेल्नेलाई पनि १ हजार देखि १० हजार र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ ।

वडा अध्यक्ष तामाङद्वारा जारी गरिएको सूचना अनुसार यी र क्रियाकलापहरुले समाजमा विकृति फैलाएकोले बन्द गराउन यस्तो निर्णय लिएको जनाउनुभएको छ । यो निर्णय सम्म पुग्नका लागि वडा अध्यक्ष टंक तामाङको रोहवरमा चण्डेश्वरी आमा समुहको आयोजना र ईलाका प्रहरी कार्यालय जलबिरेको सहयोगम गत २५ गते गाउँ भेला गरेका थिए । उक्त गाउँ भेलाले समाजमा फैलिन सक्ने सामाजिक विकृतिलाई रोक लगाउने निर्णय स्वरुप सबैलाई जानकारी गराएका छन् । सूचनामा आमा समुहले आवश्यक प्रमाण सहित वडा कार्यालयमा निवेदन दिएमा छानबिन गरि कारबाही गरिने जनाएको छ ।

सूचना यस्तो छ ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार