अर्थमन्त्री शर्माले दिए राजीनामा, छानबिन गर्न ११ सदस्यीय टोलि गठन

  प्रीतम कुमार तामाङ

काठमाडौं
बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराएको गम्भीर आरोप खेप्दै आएका अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिएको छ । गत जेठ १४ गते अर्थमन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको खबरहरु बाहिरिए संगै प्रमुख प्रतिपक्षी एमालेले विरोध गर्दै आएको थियो ।

विभिन्न सामाजिक संजालहरु र समाचारहरुमा शर्माको राजिनामा माग गर्दै मन्त्रालयको सिसिटिभी फुटेज हेर्न आवाज उठेको थियो । तर मन्त्री शर्माले गैरजिम्मेवार तरिकाको जवाफ दिँदै आएका थिए । पछिल्लो समय फुटेज डिलेट भएको भन्ने खबर आउनसाथ शर्माको विषयलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड माथी झनै ठूलो संकट उत्पन्न भएको छ । जसले गर्दा पनि अन्ततः मन्त्री शर्माले राजिनामा दिनैपर्ने बाध्यता परेको छ ।

आजै यस विषयमा आवश्यक छानबिन गर्न ११ सदस्यीय समिती गठन भएको छ । समितिले १० दिन भित्र आवश्यक छानबिन गर्ने समय तोकिएको छ । संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा देव गुरुङ, प्रदिप ज्ञवाली, खगराज अधिकारी, पुष्पा भुसाल, सरला कुमारी यादव, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार