ओभर लोड गाडीले खाडीचौरको पुल धरापमा, जोगाउन भन्दै सरोकारवाला पुगे जिल्ला प्रशासन

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका-७, खाडीचौर र सुनकोसी-७ हुँदै दोलखा, रामेछाप देखि ओखलढुंगा सम्मको लाईफलाईन मोटोरेबल पुलको रुपमा रहेको खाडीचौरको पुल धरापमा पर्दै गएको छ । यो पुल हुँदै दोलखा, रामेछाप र ओखलढुंगामा निर्माणधिन हाईड्रोपावरहरु तथा अन्य संरचनाका अत्यन्तै ओभरलोडेड सवारी आवतजावत भैरहेको छ । स्थानीयका अनुसार पुल जिर्ण भएको थाहा हुँदाहुँदै सेटिङमा रातारात आवतजावत गर्न दिएको आरोप लगाउँदै आएको छ ।                                यसै विषयमा स्थानीय न्यु सदाबहार युवा क्लबले हिजो मात्रै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा उक्त पुलको भारवहन क्षमता १० देखि २० टन मात्र रहेको विज्ञले जनाएको उल्लेख छ । तर सुरक्षा निकाय देखि केही स्थानीय व्यक्तिहरुलाई समेत प्रभावमा पारी ४० टन भन्दा माथीको सामाग्री निर्धक्क बोकिरहेको बताईएको छ । यसैले पनि पुल भत्केने स्थितिमा पुगेको क्लबको पत्रमा छ ।

हाल यो पुल हुँदै साना सवारी तथा यात्रुबाहक बस आवातजावत हुँदा समेत अप्रत्याशित रुपमा पुल हल्लिने गरेको स्थानीय बताउँछन् । त्यस्तै भोटेकोसी नदिले दिनानुदिन कटान पनि गरिरहेकोले कुन बेला यो पुल नदिमा विलीन हुने हो भन्ने चिन्ता सरोकारवालाहरुलाई थपेको छ ।

यस अघिका वर्षहरुमा ओभरलोडका सवारी भोटेकोसी खोलामै डाईभर्सन निर्माण गरि पार गर्दथ्यो । जसका लागि विभिन्न परियोजनाहरुले छुट्टै बजेट छुट्याएरै काम गर्ने गरेको स्थानीय युवा क्लबका सदस्यहरु बताउँछन् । उनिहरुका अनुसार डाईभर्सन बनाए धेरै आर्थिक लाग्ने र सेटिङमा लगे केही रकम प्रशासनलाई दिए पुग्ने भएकोले पनि सस्तो र सजिलो बाटोको रुपमा जिर्ण पुल रोजेको आरोप लगाउँछन् ।

यसै विषयमा प्रहरी प्रशासन संग बुझ्दा विकास निर्माणको कामका लागि आएको सामाग्री खाडीचौरमा रोक्न नहुने तर्क प्रस्तुत गर्दै आएको छ । प्रहरीले स्थानीय युवाहरुले केही आर्थिक रकमको माग गरेको र नदिएपछि यो बखेडा मात्रै गरेको आरोप लगाउँदै आएको र प्रहरीले कुनै आर्थिक लाभको लागि काम नगरेको बताउँछन् भनें स्थानीय युवाहरुले पनि पुल जोगाउन अवरोधमा उत्रेको र कुनै आर्थिक लाभ नलिएको बताउँदै आएको छ ।

ध्यानाकर्षण पत्र यस्तो छ ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार