सिन्धुपाल्चोक
जुगल गाउँ पालिकाको १२ औं गाउँसभा हिजो सम्पन्न भएको छ । अध्यक्ष रेशम स्याङ्बोका अनुसार गाउँसभा भव्य रुपमा सम्पन्न भएको बताउनुभएको छ । सर्वसम्मत रुपमा सम्पन्न भएको सभामा कुनै वादविवाद रहित भएको उनको भनाइ छ ।
उनले भनेंका छन् “दोस्रो स्थानीय तह निर्वाचनको पहिलो तथा जुगल गाउँपालिकाको १२औं गाउँसभा उत्साहजनक रूपमा सप्पन्न भयो ।”सामाजिक न्याय सहितको समृद्ध जुगल” अभियानमा जुगलबासी सबैको सहभागिता, समावेशी नीति तथा योजना सहितको यो सभा निकै उत्साहका साथ सम्पन्न भएको मैले ठानेको छु । जिज्ञासा, गुनासो र अपेक्षाताको बिचमा सम्पन्न यो गाउँसभाबाट समृद्ध जुगलको खुड्किला राख्ने कोशिसलाई आम जुगलबासीको सहयोग पाउनेमा मैले पुर्ण बिश्वास लिएको छु । सभ्य र भब्यता साथ सम्पन्न कार्यक्रममाका लागि भौतिक, नैतिक रुपमा सहयोग गर्नुहुने गाउँ सभाका सदस्य ज्यु हरु प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी मित्रहरू, सुझाव सल्लाह दिनुहुने तपाई तमाम नेतृत्व, आफन्तजन र मित्रहरुमा हार्दिक हार्दिक धन्यवाद प्रकट गर्दछु ।”
उसो त जुगलले वडा स्तरमा पठाउने चित्तबुझ्दो बजेटका कारण पनि गाउँसभा उत्साहित रुपमा सम्पन्न भएको वडा नं. ६ का अध्यक्ष टंक तामाङले बताउनुभयो । उनका अनुसार जुगलका दुई विकट वडाका रुपमा चिनिने वडा नं. २ र ३ लाई क्रमशः ८०-८० लाख बजेट छुट्याएका छन् । यी वडाहरुमा गोल्चे, लिदि, सन्चगाउँ, सिन्दुर्जे, बोल्दे, गुम्बा, क्याङ्सिङ, तेम्बाथान जस्ता अति विकट ठाउँहरु पर्छन् । त्यस्तै बाँकी ५ वटा वडाहरुलाई ७० लाखका दरले बजेट पठाएको तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।
जुगलले समग्रमा ६६ करोड ३२ लाख रुपैयाँ बजेट ल्याएका छन् । नयाँ नीति अनि कार्यक्रम स्वरुप ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार र समृद्ध जुगल निर्माणको आधार’ को नारा अघि सारेका छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको
जुगललाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न आवश्यक पहल गरिने भएको छ । अन्य सामुदायिक वनहरूलाइ पनि दीगो पर्यटकीय स्रोतका रूपमा संरक्षण गर्न आवश्यक पहल नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य, कृषि, पर्यटनलाई केन्द्रविन्दुमा राख्दै घरेलु उद्योगको स्थापना गर्दै, रोजगारमुलक व्यवसाय गर्न जोड दिने नीति लिएको छ ।