विवाहको नाटक गरी करोडौं ठगी गर्ने भावना तामाङ पक्राउ, १० वर्ष जेल जान सक्ने

विवाह पछिको सुन्दर जीवन बिताउने फुर्वाको सपना माथी जब गद्दार गरिन भावनाले

  प्रीतम कुमार तामाङ

काठमाडौं
विवाह गरेपछि सबैले आफ्नो एउटा सुन्दर सपनाको कल्पना गरेको हुन्छ । उमेर पुगेको जो कोहिले एउटि सुन्दर मन भएकी जीवन संगिनीको आशा गरेको हुन्न भन्न सकिन्न । यस्तैमा फुर्वाले पनि सपना देख्नु स्वभाविक नै भयो । तर फुर्वाको त्यो सुन्दर दाम्पत्य जीवन जिउने सपनालाई गद्दार गर्दै धोकामा परिणत गरिदिईन् भावना तामाङले ।

उनै भावना तामाङ यति बेला प्रहरीले ठगीको आरोपमा पक्राउ गरेकी छन् । उनले फुर्वा संग विवाहको नाटक गरि आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पति फुर्वा मोक्तानले उनी विरुद्ध उजूरी दिएका थिए । मोक्तानको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको हो ।

भावना सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर–५ नयाँ बस्ती बस्दै आएकी थिईन । उनि ३८ वर्ष भएकी छिन् । उनी विरुद्ध झन्डै डेढ करोड नगद, गरगहना र ससुराको नाममा रहेको घर, जग्गासमेत आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएको आरोप लागेको छ । सोही आधारमा भावनाको बारेमा पतिले परराष्ट्र मन्त्रालय, विभिन्न महिला संघसंस्थाहरुमा उजुरी गरे पछि भावना नेपाल फर्किएकी थिइन ।

ठगी आरोपमा जेठ ३० मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ । भावनाले रौतहटको चपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा मुक्तानसँग विवाह गरेकी थिइन् ।

विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ । सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाको आरोप छ ।

भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको र प्रमाणित भएमा जरिवानासहित १० वर्षसम्म जेल जान सक्ने कानुनी प्रावधान रहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार