जब मलाई माओवादी पार्टीले गद्दारी घोषणा गर्यो मैले काँग्रेसमै फर्किने निर्णय गरें-बुद्धराज बस्नेत

बाह्रबिसे नगरपालिकामा दुई पल्ट माओवादीबाट उम्मेदवार बनेका बुद्धराज काँग्रेस प्रवेश

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको बाह्रबिसे नगरपालिकामा गएको २०७४ सालको स्थानीय चुनाव र हाल सालैको स्थानीय चुनावमा मेयरका उम्मेदवार बनेका बुद्धराज बस्नेत नेपाली काँग्रेसमा प्रवेश भएका छन् । उनी नेकपा माओवादीका तर्फबाट दुई पल्ट नगरको प्रमुखमा उठेका थिए । उनी संगै दर्जनौं माओवादी कार्यकर्ताहरु समेत काँग्रेस प्रवेश भएका छन् ।

पुर्व मन्त्री बस्नेतद्वारा सदस्यता प्रदान गर्नुहुँदै

बस्नेतलाई नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेत, नेपाली काँग्रेस बागमती प्रदेशका सह-महामन्त्री हरिशरण श्रेष्ठ, बाह्रबिसे नगरका प्रमुख बालकृष्ण बस्नेत लगायतले भव्य स्वागत गरेका हुन् । उनलाई आज एक कार्यक्रमका बीच पुर्व मन्त्रीले टीका लगाई पार्टीको सदस्तता समेत वितरण गर्नुभएको छ ।

बुद्धराज संगै दर्जनौं काँग्रेस प्रवेश

उनी माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य समेत हुन् । बस्नेतले पार्टी परित्याग गर्नुको छोटो कारण खुलाउनुभएको छ । उहाँले मन्तव्यको क्रममा भन्नू भयो, “हामीले आदेश भनेंको कमान्डरको मान्ने हो, माओवादी पार्टीको कमान्डर भनेंकै प्रचण्ड हुन् । तर प्रचण्डको आदेश मान्दै गर्दा समेत पार्टीका केही साथीहरुले मलाई गद्दारी गर्यो, बेइमान गर्यो भनेंर आरोप लगायो र गद्दार समेत घोषणा गर्यो । त्यो दिन यस्तो लाग्यो कि, म स्थानीय निर्वाचन २०७४ सालमा काँग्रेस छोडेर माओवादी केन्द्रको टिकट ल्याउँदै गर्दा समेत काँग्रेसले आजको दिन सम्म कारबाही गरेन, त्यसैले मलाई लाग्यो, राजनीतिमा कम्युनिस्ट र लोकतान्त्रिकमा यति फरक हुँदोरहेछ भन्ने थाहा पाएँ । जुन दिन मलाई माओवादीले गद्दार घोषणा गरेर पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गर्यो त्यो दिन सम्झेर अब काँग्रेसमै बसेर राजनीति गर्छु भनेंर आजबाट प्रवेश भएँ ।”

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार