जुगलमा भएको भ्रष्टाचारको फाईल खुल्यो, को-को जानेभयो जेल ?

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल गाउँ पालिकाको तत्कालीन प्रशासकीय प्रमुख ढाकाराम अर्याल सहित ६ जना विरुद्ध भ्रष्टाचार सम्बन्धि मुद्दा बिशेष अदालतमा दर्ता भएको छ । यस मुद्दामा इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, उपभोक्त समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा विरुद्ध अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरेका हुन् ।

बलेफी-तेम्बाथान मोटर बाटो निर्माण नामक नक्कली उपभोक्त समिती बनाई लाखौं अनियमितता गरेको आरोप उनिहरु माथी लागेको छ । उनिहरुले झुटो विवरण बनाई रु. ३६ लाख ३९ हजार ८९९ रुपैयाँ लिएको आयोगको ठहर छ । सो कामको इष्टमेट अनुसार काम नभएको, हचुवाको भरमा काम गरेको, किर्ते हस्ताक्षर गरि डोर हाजिर भरेको र माईन्युट बनाएको समेत आयोग श्रोतले जनाएको छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार