सिन्धु जिल्ला समन्वयमा काँग्रेस समाजवादीको गठबन्धनले माओवादी एमालेले जिल खायो

  जन्मभूमि संवाददाता

यहि जेठ २९ मा हुन गइरहेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको लागि आज मनोनयन दर्ता भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा काँग्रेस समाजवादी र माओवादी एमाले बीचको गठबन्धनले उम्मेदवारी दिएका छन् ।

काँग्रेस समाजवादी गठबन्धनका तर्फबाट सभापतिमा बालकृष्ण श्रेष्ठ, उपसभापतिमा पदमनाथ नेपाल छन् भनें माओवादी एमाले गठबन्धनबाट सभापतिमा गणेश विक, उपसभापतिमा जेपि सिलवालले मनोनयन दर्ता गरेका हुन् ।

यसरी जिल्ला समन्वय समितिका लागि हुने चुनावी तालमेललाई हेर्दा सिन्धुपाल्चोकमा नयाँ गठबन्धनको चर्चाले राजनीतिक वृत्त निक्कै तातेको छ । जसलाई हेरेर सकारात्मक र नकारात्मक टिकाटिप्पणी गर्न थालिएको छ । किनभने भर्खरै बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा माओवादीले प्रत्येक तहमा गठबन्धन गरेर लडेका थिए । बाहिर हल्लामा सुन्न आए अनुसार समाजवादीलाई माओवादीले खुलेर सहयोग नगरेको र माओवादीलाई पनि समाजवादीले सहयोग नगरेको आरोप लगाउँदै आएको थियो । यस्तैमा चौतारा साँगाचोक गढि नगरपालिकामा १ मात्र उपमेयर जितेको समाजवादीले काँग्रेस संग गठबन्धन गरेर जिल्ला समन्वयको उपसभापति सहित १ सदस्य समेत हात पार्ने भएपछि गठबन्धन गरिएको छ । यसले दुवै पार्टीलाई फाइदा भएकै छ । यो गठबन्धनबाट माओवादी एमालेले जिल खाएका छन् भनें ठूलो घाटा पुगेको श्रोतको दावी छ ।

जिल्लामा काँग्रेसको प्रमुख र उपप्रमुख गरि १२ जना जनप्रतिनिधि छन् । त्यस्तै समाजवादीको १ रहेको छ । दुवैको जोड्दा १३ जना स्थानीय तहको जनप्रतिनिधि काँग्रेस समाजवादी गठबन्धनको पक्षमा रहेकोले स्पष्ट बहुमत छ । उता माओवादीको ४ र एमालेको ७ गरि ११ जना मात्र जनप्रतिनिधि रहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार