बलेफी गाउँ कार्यपालिका काँग्रेसको कब्जामा, माओवादी एमाले गठबन्धन असफल

गाउँकार्यपालिकाका १६ सदस्य मध्ये १३ जना काँग्रेसले ओगटेको छ ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
आज सम्पन्न बलेफी गाउँ कार्यपालिकामा काँग्रेसले चारतिहाई मत अर्थात् ८१% मतका साथ कब्जा गरेको छ । गएको स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गाउँ सभा सदस्यमा उपाध्यक्ष सहित २६ जनाले जितेका थिए । त्यस्तै माओवादी र एमालेबाट संयुक्त गरि गाउँ पालिका अध्यक्ष सहित २ वडा जितेका थिए । यी दुई दल मिलेर १६ जना गाउसभा सदस्य विजयी भएका थिए ।

काँग्रेसको २६ र माओवादी एमालेको १६ गरि ४२ जना मध्येबाट गाउँ कार्यपालिकामा ४ निर्वाचित सदस्यबाट र २ मनोनीत गरि ६ जना सबै काँग्रेसबाटै जितेका छन् । यसरी हेर्दा १६ जनाको कार्यपालिका सदस्यमा १३ जना काँग्रेसको उपाध्यक्ष सरु लामा तामाङ, १ का वडा अध्यक्ष हुप बहादुर खड्का, २ का छविलाल न्यौपाने, ३ का रितेश तामाङ, ५ का यादव ठकुरी, ७ का गृविन्द्र चौलागाईं र ८ का रमेश कुमार श्रेष्ठ त्यस्तै आज सम्पन्न कार्यपालिका चुनाबबाट अल्पसंख्यकबाट समिक्षा भुजेल, दलितबाट ज्ञाने सुनार, निर्वाचित सदस्यहरुबाट रश्मि तामाङ, इश्वरी भण्डारी, देवकी भुजेल र कविता काफ्ले गरि ६ जना निर्वाचित भएका छन् । त्यस्तै माओवादीको गाउँ पालिका अध्यक्ष गंगा बहादुर तामाङ र ४ नं. वडाका अध्यक्ष सुर्जे (जागरण) तामाङ तथा एमालेको वडा नं. ६ का अध्यक्ष तेजबहादुर पराजुली गरि ३ जना भएका छन् ।

यसरी गाउँ कार्यपालिकामा काँग्रेसको हावी बनाउन अहोरात्र रुपमा अध्यक्षका प्रत्यासी उम्मेदवार सुवास तिमल्सिना, महासमिती सदस्य राजेन्द्रकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष केदार क्षेत्री, जिल्ला कोषाध्यक्ष रविन्द्र प्रधान, गाउँ पालिका सचीव हिरा लामा लगायत खटिनुभएको पार्टी श्रोतले जनाए । “म पराजित भएपनि आज हाम्रो एकता र वास्तविक जित भएको छ” तिमल्सिनाले बताउनुभयो । उनले थप्दै भन्नुभयो “बलेफीमा अब म नभएपनि हाम्रो पार्टीको भिजन अनि बिकासका कामहरु अघि बढ्नेमा ढुक्क छु, खुशी लागेको छ ।”

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार