बाह्रबिसे-९ का सिंगो थामी बस्ती नेपाली काँग्रेस प्रवेश, पुर्व मन्त्रीद्वारा भव्य स्वागत

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ९ को सिंगो थामी बस्ती नै नेपाली काँग्रेस प्रवेश भएको छ । नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहनबहादुर बस्नेत, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महाधिवेशन प्रतिनिधि विष्णु खत्री लगायतको उपस्थितिमा भव्य स्वागत गरेको छ ।

उनिहरु एमाले र माओवादी परित्याग गरि काँग्रेस प्रवेश भएका हुन् । नव प्रवेशी मध्ये सुलेमान थामीले कम्युनिस्टले झुटको खेती मात्रै गर्ने गरेको र बिकास नगरेपछि पार्टी त्यागेको बताए । त्यस्तै एमालेका सशक्त कार्यकर्ता चन्द्र बहादुर श्रेष्ठ र उनका छोरा अनुज श्रेष्ठ पनि प्रवेश भएको छ । प्रवेश हुनेमा निकै लामो समय कम्युनिस्ट पार्टीमा रहेर काम गर्नुभएका बाह्रबिसे ४ का लक्ष्मी बहादुर श्रेष्ठ पनि छन् । उनिहरुलाई वडा नं. ९ का वडा अध्यक्ष सानू लामाको पहलमा प्रवेश गराएका थिए । 

नव प्रवेशीहरुलाई स्वागत पश्चात् नेता बस्नेतले बिकास गर्ने पार्टी नै नेपाली काँग्रेस भएकोले कम्युनिस्ट छाड्नेको लहर धेरै बढेको बताउनुभयो । सबैलाई आफ्नो क्षमता अनुसार पार्टीको जिम्मेवारी पनि दिँदै जानेछु, नेता बस्नेतले भन्नुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार