सभामुख र चिनियाँ नेता लि चाङ्सु बिचको बैठकमा के-के छलफल भए ?

तातोपानी नाका व्यवस्थित र विस्तार गर्न चीनसँग सभामुखको आग्रह

  जन्मभूमि संवाददाता

काठमाडौं
संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित र विस्तार गर्न चीनसँग आग्रह गर्नु भएको छ ।

शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा सभामुख सापकोटाले कोभिड १९ का कारण सिमित आयात निर्यात हुँदै आएको नाकालाई अझ व्यवस्थित गर्नु पर्नेमा जोड दिनु भएको हो । उहाँले नेपाल चीनबीचको तातोपानी र केरुङलगायतका नाकाहरुलाई अझ व्यवस्थित, विस्तार र सहज ढंगले सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गर्नु भएको हो । तातोपानी लिपिङमा रहेको मितेरी पुल नेपाल चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै दुइ देश बीचको सम्बन्धलाई जनताको तहसम्म पुर्याउनु पर्ने बताउनु भयो ।
नेपालमा २०७२ वैशाखमा गएको विनासकारी महाभूकम्प पछि बन्द रहेको तातोपानी नाका सापकोटाकै विशेष पहलमा सुचारु भएको हो । कोभिड १९ को महाभारी पछि बन्द भएर हाल सुचारु रहे पनि तातोपानी लगायतका नाकाबाट आवात जावत सामान्य बन्न सकेको छैन ।

बैठकमा सभामुखले दुई देश बीचको सम्बन्धलाई आजको स्तरमा ल्याउनका लागि समग्र संघीय संसद, प्रतिनिधि सभाका माननीय सदस्यहरुको समेत महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल चीन सम्बन्ध अझ प्रगाढ र परिस्कृत बनाउन संघीय संसदले कुनै कसर बाँकि राख्ने छैन भन्नु भयो । उहाँले आर्थिक विकास, सांस्कृतिक पुनर्जागरण, प्रविधिको विकासद्वारा समग्र राष्ट्रिय शक्तिको निर्माणमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालका लागि समेत विकास र समृद्धिको मार्गदर्शक हुन सक्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले कोरोना महामारीको  प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले गरेको सफलता विश्व समुदायको लागि समेत उदारणीय रहेको र नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि शुरुवात देखि नै चीनले उपलब्ध गराएको सहयोग तथा चीन सरकारबाट प्रदान गरिएको खोप र अन्य स्वास्थ्य सामग्री, उपकरण लगायतको सहायताको लागि चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भयो ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार