तामाङ चलचित्रका नायक प्रेम गोलेले दिए बलेफी-४ वडा अध्यक्षको उम्मेदवारी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको बलेफी गाउँ पालिका-४ को वडा अध्यक्ष पदका लागि तामाङ चलचित्रका नायक प्रेम गोलेले उम्मेदवारी घोषणा गरेका छन् । गोलेले उन्नत लोकतान्त्रिक पार्टीबाट वडा अध्यक्षका लागि उठ्ने यस अघि नै जनाईसकेका थिए ।

मिलनसार अनि निकै जोसिलो युवा गोले विगत ३ वर्ष देखि व्यवसायिक पशुपालनमा लाग्दै आउनुभएको छ । यो संगै उनी विभिन्न म्युजिक भिडियोहरुमा समेत निरन्तर अभिनय गर्दै आइरहेको छ ।

उम्मेदवारी दिए संगै उनले आफ्नो वडामा खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य क्षेत्रमा निशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् । उनले खुल्ला किताब चिन्ह लिएर चुनाव उठ्दैछन् । बैशाख ३० गते हुन गैरहेको स्थानीय चुनावका लागि गोले घरदैलो देखि भेटघाटमा व्यस्त भैरहेको छ ।

नायक गोलेका अनुसार यस अघिका जननिर्वाचित प्रतिनिधिहरु जनताको सेवामा भन्दा व्यक्तिगत स्वार्थ निहित काममा बढी लागेको, विकास निर्माणका कामहरुलाई पुर्ण तदारुकताका साथ नगरिएकोले आफू जस्तो युवा चुप बसेर नहुने कारण औंल्याउँदै चुनावमा होमिन लागेको बताए । आफ्नो पार्टीको मुल आधार “रि कल र रिजेन्ट” लाई आत्मासाथ गर्दै यदि जनताले चुनेर पठाएको खण्डमा कुनै काम गर्न नसके रिकल अर्थात् फिर्ता बोलाउन सक्ने र रिजेक्ट अर्थात अस्विकार गर्न सक्ने व्यवस्था समेत रहेको जनाउँछन् ।                                                                                                हार्दिक निमन्त्रणा

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार