एमालेको उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख पुरस्कार, यस्ता छन् सर्तहरु

एमालेको प्रचारप्रसारका लागि टिकटक प्रतियोगिता, प्रथम हुनेलाई १ लाख

  जन्मभूमि संवाददाता

काठमाडौं
हाल विभिन्न विषयलाई चर्चामा ल्याउने माध्यम बनेको छ सामाजिक संजाल एप्स टिकटक । यसबाट पछिल्लो समय समचार, मनोरञ्जन, व्यवसाय आदिइत्यादीको प्रचारप्रसार गर्ने उपयुक्त अनि छरितो प्लेटफर्म बन्दै गाएको सबैमा थाहा नै छ । हाल राजनीतिक प्रचारप्रसारका लागि पनि यो एप्स निकै प्रयोग हुन थालेको छ ।

यस्तैमा नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले अब आफ्नो पार्टीको प्रचारप्रसार गर्न टिकटकको प्रयोग गर्ने भएको छ । जसका लागि प्रतियोगिता नै आयोजना गर्दै प्रथम हुनेलाई १ लाख, दृतिय हुनेलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कारको घोषणा गरेको साइवर सर्कलका प्रमुख मदन भण्डारीले बताएका छन् ।

सर्कलका अनुसार स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीको प्रचार प्रसार र चुनावलक्षित कार्यक्रमअनुसार यो प्रतियोगिता आयोजना गरिएको हो ।

टिकटक भिडियोका लागि यस्ता छन् सर्तहरू ;

– भिडिओ चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने ।
– भिडिओ व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडिओ दुई मिनेटको हुनुपर्ने ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार