प्राविधिक कारणवश सिन्धु काँग्रेस जिल्ला अधिवेशन फागुन २७ उम्मेदवारी र २८ मा मतदान

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २७ गते उम्मेदवारी दर्ता र २८ गते मतदान हुने निर्णय भएको छ । प्राविधिक कारणवश स्थान स्पष्ट नभएकोले केही क्षण अघि गरिएको निर्णय सच्याउँदै २७ र २८ लाई तोकिएको काँग्रेस श्रोतले जन्मभूमि पोष्टलाई आधिकारिक जानकारी दिनुभएको छ ।

२७ गते दिउँसो १ बजेदेखी उम्मेदवारी दर्ता गर्दै सोही दिन नै अन्तिम नामावली प्रकाशित गरिने र २८ गते बिहान ८ बजेदेखि मतदान हुने बताएका छन् । नामावली दर्ताका लागि विपि अध्ययन केन्द्र स्थान तोकिएको छ । त्यस्तै मतदानका लागि फागुन २८ शनिबार चौतारा स्थान तोकिएको जिल्ला सह-सचिब अनुप न्यौपानेले जनाएका हुन् ।

आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको काँग्रेस सिन्धुपाल्चोक शिर्ष नेताहरुको बैठकबाट सो निर्णय गरेको हो । बैठकमा नेता बस्नेत, जिल्ला सभापति बिकाश लामा, बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह-सचिब अनुप न्यौपाने, इन्द्रावती गाउँ पालिका अध्यक्ष बंशलाल लामा, क्षेत्र नं. २ का सचिब केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित थिए ।

बैठक निर्वाचन अधिकृत देवबहादुर महतको समन्वयमा बसेको थियो । काँग्रेस सिन्धुपाल्चोकको शिर्ष नेताहरुको बैठकबाट सबैमा अधिवेशनको लागि केन्द्रित हुन सबैमा आग्रह समेत गरिएको छ । आवश्यक अन्य विषयमा भनें पुनः बैठक बस्ने निर्णय समेत गरिएको छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार