भोटेकोशी गाउँ पालिकाको ९ औं गाउँ सभा बहिष्कार ?

पार्टी प्रबेश गर्नेलाई आफू खुशी बजेट बाँडेपछी गाउँ सभा बहिष्कार गरेको भनाइ

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, भोटेकोशी
सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिकाको आज बोलाईएको ९ औं गाउँ सभा बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट जितेका गाउँ पालिका अध्यक्ष राजकुमार पौडेललाई आफ्नै पार्टीका उपाध्यक्ष दाबुटी शेर्पा र वडा नं. २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत साथ दिएनन् । यति मात्र हैन गाउँ कार्यपालिकाका २९ सदस्य मध्ये २ जना बाहेक अन्य २६ जना सदस्यहरुले समेत आजको गाउँ सभा बहिष्कार गरेर फर्केको खबर प्राप्त भएको छ ।

भोटेकोशी सरोकार मञ्चका अध्यक्ष एवं नेकपा समाजवादी भोटेकोशी गाउँ पालिकाका इन्चार्ज साङ्गे लामाका अनुसार गाउँ पालिका अध्यक्ष पौडेलले ४-५ जना गर्दै जति जना हुन्छ त्यतिलाई आफ्नो पार्टी प्रबेश गराउँदै, टीका लगाउँदै पार्टीको सदस्यता बनेपछि बजेट बाँड्दै हिँडेकोले गाउँ सभा बहिष्कार गरिएको जानकारी आएको बताए ।

वडा नं. ४ का अध्यक्ष साङदोर्जे शेर्पाका अनुसार अध्यक्ष पौडेलले कर्मचारी संगको मिलेमतोमा ९ करोड बजेट लुकाएर राखेको र त्यो मध्ये ४ करोड १७ लाख बजेट कसैलाई थाहै नदिई मनपरि ढंगले आफुखुशी बाँडेको आरोप लगाएका छन् । बजेट बाँडफाँड गर्दा गाउँ सभाको बैठकले निर्णय गरेपछि मात्र कार्यान्वयन गर्नुपर्नेमा यो बजेट भित्रको काम नियम बिपरित काम भैरहेको समेत उहाँको भनाइ छ । वडा अध्यक्ष शेर्पाले गाउँ पालिका अध्यक्ष पौडेलले ड्राईपोटको लोडर संघमा समेत पुर्व प्रशासकीय प्रमुखको किर्ते हस्ताक्षर गरेर आफ्नो पार्टीको कृयाशिल लिनेलाई मात्र छानेर हाल्ने भर्ती केन्द्र खोलेको गम्भीर आरोप लगाएका छन् । त्यस्तै उनले गाउँ पालिकाको हिसाबकिताबमा रहेको २० करोड बेरुजुको बारे पटकपटक बुझ्न खोज्दा वास्त नगरेर कार्यकालको अन्त्यतिर आएर फर्स्यौट गर्न खोजेपछि आफू सहितका जनप्रतिनिधिहरुले गाउँ सभा बहिष्कार गरेको जनाए ।

त्यस्तै उपाध्यक्ष दाबुटी शेर्पा संग यस विषयमा बुझ्दा “सभा बहिष्कार भनूँ या के भनूँ ? सर्वसम्मत ढंगले अगाडी बढ्नुपर्छ भन्ने मेरो धारणा हो र पालिका अध्यक्ष ज्युले केही विषयमा त्रुटि गरेको भनें हो ।” भन्नू भयो । आफ्नो कुरा एकलौटी निर्णय गर्ने, बहुमतले निर्णय गर्ने भन्दा पनि सर्वसम्मतले निर्णय गरौं भनेर आफू निस्केको बताए ।

वडा नं. २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले भनें आफू बिरामी भएको कारण गाउँ सभामा उपस्थित नै नभएको जनाए । त्यही भएर बहिष्कार वा असहमति भन्ने कुरै आएन भनें ।

यसरी चौतर्फी गाउँ सभा बहिष्कार गरेको कुरा उठेपछि गाउँ पालिका अध्यक्ष राजकुमार पौडेल संग जानकारी लिने क्रममा बहिष्कार नभै आजको सभा स्थगित गरेको जनाए । आज केही बुँदामा सहमती हुन नसकेपछि २१ गतेलाई छलफल गर्ने गरि सारेको अध्यक्ष पौडेल बताउँछन् । त्यस्तै उनले पार्टी प्रबेश गराउँदै बजेट बाँडेको कुराको खण्डण गर्दै यो आरोप मात्र लगाएको बताए । आफू संधै छलफल सहमति बिना अघि नबढ्ने भएकोले पुनः गाउँ सभा राखेकोले त्यही सभाबाट समस्याको समाधान निस्किने उनको भनाइ छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार