माघ ७ देखि सार्वजनिक सेवा लिन कोरोना खोप कार्डको फोटो भएपनी साथमा हुनैपर्ने

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल सरकार गृहमन्त्रालयले मातहत कार्यालयहरुलाई सीसीएमसीले गरेको निर्णयलाई कार्यान्वयन गराउन परिपत्र गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी गरिएको पत्रमा गृहले आफ्नो मातहतमा परेका निर्णयहरुलाई पुर्ण रुपमा पलना गराउन आदेश जारी गरेका हुन् । वर्तमान अवस्थामा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सोको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक आदेश पत्र मार्फत गरेको छ ।

आदेशमा सार्वजनिक स्थलहरुमा राजनीतिक सभा, महोत्सव नगराउन भनिएको छ । त्यस्तै नियमित हुने कार्यहरुलाई स्थानीय सरकारको अनुमती लिएर मात्रै गराउन पाउने भएको छ । साथै माघ ७ देखि जुनसुकै सार्वजनिक सेवा लिनका लागि कोरोना खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक स्थलहरु जस्तै सिनेमा हल, सपिङ मल, रंगशाला, हवाई यात्रा, पार्क आदि स्थानमा मोबाइल मै कोरोना खोपको फोटो भएपनी साथमा अनिवार्य हुनुपर्ने भनिएको छ ।

साथै नेपाल प्रवेश हुने विन्दुहरुमा एन्टिजेन टेस्टलाई थप प्रभावकारी बनाउँदै संक्रमित देखिनेलाई तत्काल संस्थागत होल्डिङ सेन्टर, होटलमा राख्न DCMC समन्वय गर्न आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ । अन्य आदेशहरु तल हेर्नुहोस् ;

गृहले जारी गरेको पत्र

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार