दाङमा नेता मोहन बस्नेतको सम्मानित क्रेज, एकै दिन तीन महत्वपूर्ण कार्यक्रममा सरिक

  जन्मभूमि संवाददाता

दाङ, तुलसीपुर
नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्री, प्रभावशाली नेता मोहन बहादुर बस्नेतको दाङमा राजनीतिक छाप निकै सम्मानित छ । उहाँ पार्टीको पहिलो जनजागरण कार्यक्रममा केन्द्रबाट दाङमा खटिनुभएको थियो । सो समय देखि अझै दाङ्गाली काँग्रेसजनमा निकै परिचित र सम्मानित हुनुहुन्छ । यसैको फलस्वरूप उहाँ आज सम्पन्न दाङको ३ महत्वपूर्ण कार्यक्रमहरुमा विशेष रुपमा सरिक हुनुभएको छ ।

उहाँले आज बिहानै दाङकै उत्कृष्ट नमुना विद्यालय जुन महामानव वि.पि. को स्मृतिमा खोलिएको वि.पि. कोइराला नमुना माध्यमिक विद्यालयको अवलोकन गर्नुभयो । त्यहाँ पुग्नुभै विद्यालय प्रांगणमा निर्माण हुन लागेको वि.पि. को सालिक (प्रतिमा) का लागि विशेष सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नेता बस्नेतको दोश्रो कार्यक्रम अत्यन्तै महत्वपूर्ण रह्यो । उहाँको प्रमुख आतिथ्यतामा स्व. खुमबहादुर खड्का तेस्रो स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको समापन गर्नुभयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै स्व. पुर्व गृहमन्त्री समेत हुनुभएका खड्का नेपालकै सिद्ध राजनीतिक हस्ती रहेको बताउनुभयो । खड्काले दाङ जिल्लाको प्रतिनिधित्व गर्दै समग्र नेपाली राजनीतिमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै राष्ट्रिय स्तरको खेलकुद गर्ने उर्वर भुमिको रुपमा आज दाङ परिचीत भएको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै कोरोनाको कारण अस्तव्यस्त अवस्थामा पुगेका नेपाली खेल जगतलाई हौसला दिन आफू काँग्रेसको केन्द्रिय खेलकुद विभागमा रहँदा व्यक्तिगत रुपमा राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार वितरण गरेको स्मरण गराए । खेलाडीहरु प्रती इंगित गर्दै उहाँले खेलाडीहरुले खेल खेलेर आफ्नो जिविकोपार्जन गर्न सक्ने स्थिती नभएकोले अब सरकारी स्तरबाटै खेलाडीहरुलाई व्यवसायिक हिसाबले अघि बढ्ने नीति लिन आवश्यक रहेको बताउनुभयो । जुन पहलकदामी लिन समेत आफू तयार रहेको र निकट भविष्यमै आफ्नो नेतृत्वमा देशव्यापी रुपमा राष्ट्रिय स्तरको विभिन्न खेल कार्यक्रमहरु गर्ने योजना रहेकोले सम्पुर्ण खेलाडीहरुमा उपस्थित हुनुभै सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यस्तै अन्तमा नेपाली काँग्रेस दाङ जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न वदाई तथा शुभकामना कार्यक्रममा उपस्थित हुनुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता बस्नेतले काँग्रेस प्रती देशव्यापी रुपमा जनताहरुको अपेक्षा बढेकोले सबै एक ढिक्का भएर लाग्नुको विकल्प नरहेको जनाए । साथै भर्खरै सम्पन्न १४ औं महाधिवेशनमा दाङबाट आफुलाई अपार माया र स्नेह सहित मतदिनुभै केन्द्रिय सदस्यमा निर्वाचित गराउनुहुने सम्पुर्ण महाधिवेशन प्रतिनिधि एवं नेताजनमा हार्दिक धन्यवाद ज्ञापन गराउनुभयो ।

एक दिनको दाङ बसाईमा नेता बस्नेतले जिल्लाका प्राय नेताकार्यकर्ताहरु संग छलफल एवं भलाकुसारी गर्नुभएको थियो । उहाँको यो बसाई निकै फलदायी रह्यो । दाङबाट निर्वाचित ५ केन्द्रिय सदस्यहरु संग समेत बिशेष भेटघाट एवं छलफल गर्नुभएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार