प्रभावशाली नेता बंशलाल तामाङले सिन्धु काँग्रेस सभापति पदमा उम्मेदवारी घोषणा

  प्रीतम कुमार तामाङ

काठमाडौं
इन्द्रावती गाउँ पालिका अध्यक्ष एवं गाउँ पालिका महासंघका महासचिव प्रभावशाली नेता बंशलाल तामाङले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । तामाङले काँग्रेसकै एक कार्यक्रममा आफ्नो उक्त धारणा प्रस्तुत गर्नुभएको हो । उहाँले १४ औं महाधिवेशनका लागि प्रतिनिधि समेत भारी मतका साथ विजयी हुनुभएको थियो ।

काँग्रेसले महाधिवेशन अघि जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लामा यहि पौष २७ गते अधिवेशन गरिने भएको छ । अधिवेशन मिति तय संगै जिल्लाका क्षेत्रीय प्रतिनिधि एवं कार्यकर्ताहरु माझ चहलपहल एवं छलफल सुरु भएको छ । सभापति पदका सम्भावित नेताहरु पद दावी गर्ने या नगर्ने भन्ने तर्फ दौडधुप पनि चल्न थालेको छ ।

बंशलाल तामाङको राजनीतिक इतिहास;

२०२० साल भदौ ५ गते सिन्धुपाल्चोकको नवलपुरमा पिता हवलबहादुर तामाङ र माता थासुमायां तामाङको कोखबाट जन्मिएका बंशलाल तामाङको सक्रिय राजनीतिक यात्रा, २०३६ सालमा जिल्ला कै ऐंसेलुखर्क मा वि. को नेपाल  विद्यार्थी संघको इकाई समिति सभापतिका रुपमा सुरु भएको हो । विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारीवोधका साथ होमीएको प्रखर प्रजातान्त्रिक अभियन्ता हुन बंशलाल तामाङ ।

नेपाल विद्यार्थी संघ– सिन्धुपाल्चोकको संस्थापक सदस्यका रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेले । २०४६ देखी २०४८ साल सम्म नेपाली कांग्रेसको ब्याड संगठन नेवि. संघ को जिल्ला अध्यक्ष समेत बने बंशलाल ।

राजनीतिक परिवर्तन र नागरिकको लोकतान्त्रीक अधिकार प्राप्तीका लागि २०४२ सालमा तत्कालीन पञ्चायती निरंकुशता विरुद्ध शान्तिपूर्ण सत्याग्रहका काठमाडौँमा धर्ना बसे । पब्लिक युथ क्याम्पस हुंदै  त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस बाट समाजशास्त्र / मानवशास्त्रमा स्नातक गर्दा गर्दै तामाङले केन्द्रिय राजनीतिमा समेत स्थापित बनाए ।

२०४६ साल बाटै नेपाली कांग्रेसको जिल्ला सदस्य हुंदै जिल्ला सचिव सम्म बनेका तामाङको पार्टी संगठन बिस्तार र पार्टीको लोकप्रियता वृद्धिका लागि सक्रिय रूपमा लागेका छन । राजनीतिक निष्ठा र प्रतिवद्धता कै परिणाम तामाङले २०५८ सालमा पार्टीको भातृ संगठन नेपाल आदीबासी जनजाति संघको संस्थापक केन्द्रिय सदस्य बनेर अर्को जिम्मेवारी पुरा गरे ।

यही लोकप्रियता र निष्ठा कै परिणाम २०५३, २०५७, २०६१, २०६७, २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका तामाङ, २०७४ सालको स्थानीय चुनावमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भए । त्यस लगत्तै ५ वर्षका लागि गाउँपालिकाहरूको छाता संगठन गाउँपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हाले ।

२०६७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएर ईमान्दारीताका साथ लोकतन्त्र–प्रजातन्त्र–निष्ठा र विधिको शासनको लागि चट्टानी भूमिका खेलीरहेका तामाङ राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा निरन्तर निष्ठाको धरोहर बनेर अघि बढीरहेका छन ।

 

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार