पुर्व मन्त्री बस्नेतले मतदान गर्दै सुरु भयो काँग्रेस बागमती प्रदेशको चुनाव

  प्रीतम कुमार तामाङ

मकवानपुर
नेपाली काँग्रेस बागमती प्रदेशको मतदान सुरु भएको छ । नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले पहिलो भोट हाल्नु भएको छ । १३ जिल्लाबाट राजधानी हेटौंडामा जम्मा भएका अधिवेशन प्रतिनिधिहरुलाई फरक जिल्लाका लागि फरक लाईनको व्यवस्था मिलाएका छन् ।

प्रदेश सभापतिका लागि इन्द्रा बानियाँ, जगदिश्वर नरसिं केसि र भिमसेन दास बिच निर्वाचन हुने भएका छन् । ३ प्रतिस्पर्धी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मतदानका लागि काँग्रेस केन्द्रिय नेता प्रकाशमान सिंह पनि हेटौंडा पुग्नु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार राती १० बजे सम्ममा लाईनमा बस्नेलाई मतदान गर्न पाउने समय तोकिएको छ । त्यस्तै मतदान गर्न जाने प्रतिनिधिले मोबाइल फोन निशेध गरिएको र मतदान स्थल भित्र भोट माग्न पर्चा, पम्प्लेट ल्याउने नपाउने नियम राखिएको जनाएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार