सेवामुखी राजनितीका लागि प्रतिबद्धता सहित बलेफी काँग्रेस सभापतिमा तामाङको उम्मेदवारी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस १४ औं महाधिवेशन सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाको सभापतिमा युवा नेता रामकुमार तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ । तामाङ नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति समेत हुनुहुन्छ । उहाँ गएको स्थानीय चुनावमा काँग्रेसको तर्फबाट बलेफी गाउँ पालिका अध्यक्ष उम्मेदवार समेत हुनुहुन्थ्यो ।       

तामाङले “सबल, सक्षम अनि बलियो संगठन निर्माण मेरो अभियान, बिधी पद्धति र परिवर्तनका लागि मतदान” भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । साथै उहाँले सबै वर्ग, जनजाती, भाषा, धर्म अट्ने काँग्रेस निर्माणका लागी, अग्रजको त्याग र अनुभवलाई सम्मान गर्दै युवाहरुको जोश र उर्जालाई प्रोत्साहन गर्न, अनुशासन, इमानदारितता, निष्ठा र निरन्तरताका लागि तथा सेवामुखी राजनितीलाई निरन्तरता दिने प्रतिबद्धता सहित उम्मेदवारी दिनुभएको छ ।

युवा समाजसेवी तामाङ शिक्षक पेशा हुँदै राजनितीमा होमिएका होनहार युवा नेता हुनुहुन्छ । विगत जुरे पहिरो, महाभुकम्प, बाढी पहिरो, दिर्घरोगी लगायतलाई आर्थिक एवं भौतिक सहयोगमा संधै अघि देख्नु हुन्छ । साथै शैक्षिक क्षेत्रमा पनि उहाँको धेरै ठूलो योगदान रहेको छ । कोरोनाको समयमा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा तामाङले स्वास्थ्य सामाग्रीहरु मास्क, सेनिटाइजर, ग्लब्स, पिपिई, अक्सिजन सिलिन्डर, आइसोलेसन बेड लगायत सहयोगमा खुलेर लाग्नुभएको थियो । जनता रहे राजनीति भन्ने मुल मन्त्र लिएर उहाँ लगायत बलेफीका सकृय काँग्रेसजनले लगातार कोरोना बिरामीलाई एम्बुलेन्स भाडा, उपचार खर्च मात्र दिलाएनन् कि कोरोनाका कारण मृत्यु वरण गरेका परिवारलाई किरिया खर्च समेत दिलाएका थिए ।         

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार