शेर्पा लेखौं अभियानमा शेर्पा संघ सिन्धुपाल्चोकको जागरण कार्यक्रम

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायले नामको पछाडी शेर्पा लेखौं अभियान स्वरुप आज भोटेकोसीको हिन्दीमा जनचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । संघले “राष्ट्रिय जनगणना २०७८ मा शेर्पा लेखौं, शेर्पा लेखाऔं” भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिवी, राजनितिज्ञ एवं गणकहरुको समेत उपस्थिति रहेको थियो ।

भोटेकोसी गाउँ पालिका अध्यक्ष राजकुमार पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जागरण कार्यक्रममा उपाध्यक्ष दाबुटी शेर्पा, प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेत, शेर्पा संघ बागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पा, वडा अध्यक्षहरु मुके शेर्पा, साङदोर्जे शेर्पा र सुप्पा लामा शेर्पाको विशेष उपस्थित थिए ।

उपस्थित जनप्रतिनिधिहरुले आफ्नो तर्फबाट गणकहरुलाई सबै जातजातीको तथ्यांक सहि तरिकाले उठाउन सहयोग एवं समन्वय गर्ने वचन बद्धता जाहेर गरेका छन् । त्यस्तै गणक अनि सुपरिवेक्षकका तर्फबाट मन्तव्य राख्दै आजको भेलाबाट बनाईएको कार्यविधि अनुसार तथ्यांक संकलन गर्ने बताएका थिए । साथै कुनै पनि समस्या परेमा सहकार्य गरेर सहि तथ्यांक संकलन गर्न सक्दो लागि पर्ने बताउनुभएको छ ।

शेर्पा संघ बागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पाले शेर्पाहरुको सहि तथ्यांक संकलनका लागि भोटेकोसी गाउँ पालिकामा यो अभियान स्वरुप जागरण तथा जनचेतना कार्यक्रम सन्चालन गरेको बताउनुभयो । जनगणना संग प्रत्यक्ष सम्बन्धित सरोकारवालाहरु संगको यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको शेर्पाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । “विशेष गरि शेर्पाको सहि तथ्यांक, मातृभाषा अनि धर्म सहि आओस् भन्ने हाम्रो मुल उद्देश्य हो” शेर्पा बताउनुहुन्छ । उहाँले शेर्पा समुदायका बुद्धिजीवी, राजनितीकर्मी अनि स्थानीय युवा साथीहरुमा आआफ्नो स्थानबाट शेर्पा लेखौं अभियानमा ढटेर लाग्न समेत अपिल गर्नुभएको छ । राष्ट्रिय जनगणना २०७८ यहि कार्तिक २५ देखि मंसिर ९ सम्म देश व्यापी रुपमा हुँदै छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार