नेपाली काँग्रेस रामेछापको सभापतिमा दानबिर नेता कान्छाराम बिजयी

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली काँग्रेस १४ औं महाधिवेशनको सिलसिलामा सम्पन्न रामेछाप जिल्लाको अधिवेशनमा नेता (पुर्ण बहादुर) कान्छाराम तामाङ बिजयी हुनुभएको छ । तामाङले आइतबार सम्पन्न जिल्लाको अधिवेशनमा ३ प्रतिस्पर्धी मध्येमा सबै भन्दा बढी मत ल्याएका हुन् ।

सभापतिका लागि भएको प्रतिस्पर्धामा लवश्री न्यौपानेले ३५६ मत, अर्का प्रत्याशी कृष्णबहादुर महतले ३२८ मत र तामाङले ६६८ मत पाएका थिए । पदका लागि बिजेता हुन ५० प्रतिशत मत ल्याउनुपर्नेमा थोरै मात्र अपुग भएपछि पुनः मतदान हुन लागेकोमा न्यौपाने र तामाङ बिच सहमति जुटेपछी तामाङलाईनै सभापतिमा निर्वाचित गरेका हुन् । हिजो सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो ।

रामेछापमा मात्रै नभै देशैभरी तामाङलाई दानविर नेताको रुपमा चिनिन्छ । उनले गएको संघिय चुनावमा गरेको बचनलाई पछ्याउँदै व्यक्तिगत खर्चमा दर्जनौं एम्बुलेन्स वितरण गरेका थिए । जितेका नेताहरुले समेत चुनावी माहोलमा घोषणा गरेका प्रतिबद्धता पूरा नगरिरहेको अवस्थामा यसरी आफु पराजित हुँदा समेत पूरा गरेकोमा उनको चर्चा देश व्यापी छ ।

खान्दोके सेलो सुन्न यहाँ क्लिक गर्नुहोस् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार