हेलम्बु जोड्ने एकमात्र पुल बगाएपछि नेता बस्नेतले लिए बेली बृज बनाउने जिम्मा

सिन्धुपाल्चोक
हेलम्बु संग जोडिएको एकमात्र लाईफलाईनको रुपमा रहेको चनौटे स्थित रातो पुल आज बिहान ८ बजे तिर बाढीले बगाएको छ । गत असार १ गतेको भीषण बाढी पछि राजधानी संग हेलम्बुलाई स्थलमार्ग जोड्ने एक मात्र यहि पुल थियो ।

यो पुल बगेपछि हेलम्बु बाढी पीडितलाई राहत पुर्याउने देखि त्यस क्षेत्रमा कोहि बिरामी परे उद्धार गर्न समेत कठिन परिस्थिति निम्तिने भएको छ । तत्काल यसको विकल्प नखोजे जुनसुकै बेला अप्रिय घटना घट्न सक्ने आकलन गर्दै पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य, विपद व्यवस्थापन समिती संयोजक मोहन बहादुर बस्नेतले तत्कालै चासो राख्नु भएको छ ।

बस्नेतका अनुसार हेलम्बुलाई स्थलमार्ग संग जोड्न प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँड संग सम्पर्क गरि घटनाको बारेमा विस्तृत जानकारी गराएको र तुरुन्तै नेपाल सरकारको सहयोगमा आवातजावतका लागि सहजीकरण गर्न बेली बृज निर्माण गरिने कुरा जानकारी गराउनुभएको छ ।

नेता बस्नेतको फेसबुक वालबाट साभार;

मिति २०७८ आषाढ १ गते आएको अकल्पनीय बाढी पहिरोबाट ठूलो क्षति बेहोर्न विवश मेलम्ची, हेलम्बु र पाँचपोखरी लगायतका भुभागमा पुनः हिजो श्रावण १६ गते बेलुका बाट निरन्तर रुपामा आएको बाढिको कारण आज बिहान करिब ८ बजे हेलम्बु लगायत पाँचपोखरी र मेलम्चीका केही भुभाग संग स्थलमार्ग जोडिने लाईफलाईनको रुपमा रहेको रातो पुल समेत बगाएको घटनाले अत्यन्तै दुखी बनाएको छ।

उक्त दुःखद् घटनालाई मध्यनजर गरि मैले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु र माननीय गृहमन्त्री बालकृष्ण खाँड ज्यु संग सम्पर्क गरि घटनाको बारेमा विस्तृत जानकारी गराएको र तुरुन्तै नेपाल सरकारको सहयोगमा आवातजावतका लागि सहजीकरण गर्न बेली बृज निर्माण गरिने कुरा सम्बन्धित सबैलाई जानकारी गराउदछु ।

साथै, प्राकृतिक विपत्तिको चपेटामा पर्नुभएका सम्पुर्ण दिदिबहिनी दाजुभाइहरु लाई त्रसित नभई सुरक्षीत स्थानमा बस्नको लागि हार्दिक अपिल गर्दै सदाका दिनहरुमा झै तपाईंहरुलाई अत्यावश्यक पर्ने खाद्यान्न, स्वास्थ्योपचार, लत्ताकपडा, स्वास्थ्य सामाग्री लगायत जुस्तो सुकै सहयोगको लागि तयार रहेको जानकारी गराउदछु ।
जय नेपाल!

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार