भेटिए बोको, नभेटिए कुबिण्डो राख्छु
गरिबी मन्साउ झांक्री बिश्वास तिम्रो राख्छु
खुट्टामा चप्पल छैनन् , पिठ्युँमा डोको छ
एउटा तस्बिर उतारिदेउ बाको चिनो राख्छु
तिमी के राख्छौ, प्रेमपत्र कि प्रमाणपत्र
म त आफ्नो सिरानीमा देशको माटो राख्छु
छोरो पढाउनु छ मालिक केही ऋण बक्सियोस
जग्गा जमिन छैन , एउटि जवानि छोरि बन्दकि राख्छु
मासु सङ्ग मासु पैचो दिनुस बच्चालाई दसै मनाउन
ति अबोध बालकलाइ नभन्नु मिर्गौला बन्दकि राख्छु
प्रेम पुस्टि गर्नकै लागि प्रीयसिलाइ सपिङ गर्दिनु छ
खर्च जुटाउनको लागि उनिलाइ गर्ने प्रेमको बन्दकि राख्छु।
✍️ लेखक:- रुपक दहाल राजमोति
शंखरापुर, १ काठमाडौ